अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 00:04

कोरिया थेजोङमा नेपाली र कोरियन कविहरुको भेला

बिआरटीनेपाल २०७४ वैशाख २९ गते १०:४२ मा प्रकाशित

कोरियन कवि किम र पत्रकार एवं स्रष्टा मन्जु गुरुङको आतिथ्यतामा थेजोङ्गमा नेपाली र कोरियन कविहरूवीच गत मे ९, २०१७ मा काव्य वाचन र साहित्यिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कोरियन कवि किम (सगरमाथा गुरुङ्ग ) को संयोजनमा आयोजित सो कार्यक्रममा नेपाली सर्जकहरु राधेश्याम लेकाली, कमला रिसाल बि.के., भारतीय सर्जकहरु डा. पुष्प शर्मा, दिव्या शर्मा , अस्ट्रेलियाका सर्जक भीमसेन सापकोटा, कोरियाका सर्जकहरु किम, बलदेब भट्टराई, ह्युन योन , पोन्योङ , मन्जु गुरुङ्ग , सोन थालगायतले आआफ्नो कविता वाचन गरेका थिए ।

सो अवसरमा कोरियन टेलिभिजनले नेपाली सर्जकहरूको अन्तर्वाता तथा रचना वाचन कार्यक्रमा प्रसारण गरेको थियो । सो कार्यक्रम सगरमाथा रेस्टुरेन्ट थेजोङ्गमा सम्पन्न भएको थियो । कार्यक्रममा किम, राधेश्याम लेकाली, भीमसेन सापकोटा, डा. खगेन्द्र प्र. लुइटेल, मन्जु गुरुङ, डा. पुष्प शर्मा, ह्युन योन, पोन्योङलगायतले अन्तरक्रिया कार्यक्रममा आआफ्नो मन्तव्य राखेका थिए । सो अवसरमा नेपाल र कोरियाका रचनाहरुलाई अनुवाद गर्ने र कार्यक्रमको आयोजना गर्ने सहमति पनि भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू