अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 17:21

उम्मेदवारी फिर्ता लिन दवाव दिदैं श्रीमानले कुटपीट गर्दा महिला उम्मेदवार गम्भीर घाइते

बिआरटीनेपाल २०७४ वैशाख २८ गते २१:०९ मा प्रकाशित

स्थानीय तहको निर्वाचनको मिती नजिकै जाँदा कास्कीमा एक महिला उम्मेदवार आफ्नै परिवारवाट कुटिएकी छिन्। रुपा गाउँपालिका ५ की महिला सदस्यको उम्मेदवार बनेकी पद्मा खड्का गुरुङ बुधबार राति आफ्नै श्रीमान यामबहादुर गुरुङबाट कुटीएकी हुन्।

दाजु एमालेबाट वडा अध्यक्षको उम्मेदवार बनेपछि पद्मा खड्काका श्रीमानले उनलाई उम्मेदवारी फिर्ता लिन दवाव दिएपनि उम्मेदवारी फिर्ता नलिएपछि आफूमाथि कुटपिट भएको खड्काको आरोप छ। पद्माले बुधबार सासुससुराको घरमा पुजाको बेला उम्मेदवारीका विषयमा खटपट भएपछि श्रीमानबाट कुटाई खाएको सुनाउनु भयो।

माओवादी केन्दको तर्फबाट वडाको महिला सदस्यमा उम्मेदवारी दिनु भएकी खड्काका जेठाजु टेकबहादुर गुरुङ एमालेबाट वडा अध्यक्षका उम्मेदवार हुनुहुन्छ। जेठाजु, सासुससुराले उम्मेदवारी दिएकै दिनदेखि उम्मेदवारी फिर्ता लिन दवाव दिएपनि फिर्ता लिन नमानेपछि आफूमाथि श्रीमानबाट कुटपिट भएको उहाँले बताउनु भयो।

कुटपिटबाट घाइते हुनुभएकी गुरुङको पोखराको फेवा सिटी अस्पतालमा उपचार भइरहेको छ। श्रीमानको कुटाइबाट उहाँको दाहिने हात भाँचिएको र टाउँकोमा समेत सात ठाउँमा टाँका लगाउनु परेको छ। अन्तरजातीय प्रेम विवाह गरेका जोडीको एक छोरा र दुई छोरी छन्।अन्नपूर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू