अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 13:53

‘मोडल अफ इरा’को ग्रान्ड फिनालेमा ३० जनाको प्रतिस्पर्धा

बिआरटीनेपाल २०७४ वैशाख २८ गते ११:१३ मा प्रकाशित

मोडलिङमा सक्रिय युवा–युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘मोडल अफ इरा सिजन–२’ को ग्रान्ड फिनालेमा ३० जना युवा–युवतीबीच प्रतिस्पर्धा हुने भएको छ । क्रेजोना मिडिया ग्रुपले आयोजना गर्न लागेको ‘मोडल अफ इरा सिजन–२’ ले आयोजना गरेको अडिसनबाट १५ जना महिला तथा १५ जना पुरुष मोडलहरु अन्तिम प्रतियोगिताका लागि छनोट भएका हुन् ।

यो मोडलिङ कन्टेष्टमा प्रतिस्पर्धा गर्ने मोडलहरु यतिबेला प्रशिक्षणमा समेत सक्रिय भएका छन् ।

मोडल अफ इराका प्रतिस्पर्धिहरुलाई कोरिग्राफरद्वय सनिश शाक्य तथा सोनी खड्काले प्रशिक्षण दिइरहेका छन् । शाक्य म्यानहन्ट इन्टरनेशनल–२०१२ का विजेता हुन् भने खड्का सुपर मोडल इन्टरनेशनल–२०१५ की विजेता हुन् ।

आयोजक संस्थाका प्रमुख लभिन अन्सारीका अनुसार जेठ १५ गते सोमबार यो प्रतियोगिताको ग्रान्ड फिनाले सम्पन्न हुनेछ । विजेतालाई नगद पुरस्कारका साथै एभरेष्ट फिल्म एकेडेमीको तर्फबाट छात्रवृत्तिसहित मोडलिङका विभिन्न अवसरहरु प्रदान गरिनेछ ।

प्रतिक्रिया