अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

कुलमानको समर्थनमा लाखौं युवा, ‘कुलमान घिसिङ नहटाउ अभियान’ सुरु

बिआरटीनेपाल २०७४ वैशाख २८ गते ५:१८ मा प्रकाशित

पछिल्लो समय एलइडि बल्बको विवादको खण्डन गर्दै कुलमान घिसिङ भावुक बनेपछि सामाजिक सञ्जालमा यूवाहरु क्याम्पिन नै सुरु गरेका छन् । पोखराबाट एकजना यूवाले ‘कुलमान घिसिङ नहटाउ \बचाउ अभियान’ नै सुरु गरेर यूवाहरुको आवाजलाई एकठाउँ पारिरहेका छन् ।

तपाईलाई कुलमान किन चाहिन्छ ? कुलमान रहदा तपाईको ब्यक्तिगत र ब्यवसायिक जिबनमा के असर परेको छ आफ्नो फेसबुकमा लाइभ अथबा भिडियो रेकर्ड गरेर पोष्ट गर्नुस् भन्दै आह्वान गरिरहेका छन् ।

अब सरकार फेरीने सम्भावना अति प्रबल छ र नयाँ सरकारले कुलमानलाई पदमा राख्ला कि नराख्ला भन्ने पीर र मनाशयले अहिले बाटै यूवा लगायत विभिन्न ब्यक्तिहरुले फेसबुक सामाजिक सञ्जालबाट कुलमान घिसिङ नहटाओ अभियान सञ्चालन गरेका हुन् ।

हजारौ मानिसहरुले उक्त अभियानमा साथ दिइरहेका छन् भने धेरै भन्दा धेरै ब्यक्तिहरुले कुलमानको पक्षमा आफ्नो बिचार लेख्दै भिडियो पोष्ट गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू