अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५९ | Colorodo: 14:14

कोलोराडोको सडक दुर्घटनामा नेपाली युवती सोना श्रेष्ठ गम्भीर घाइते, सहयोगको लागि अपिल

बिआरटीनेपाल २०७४ वैशाख २७ गते २३:१६ मा प्रकाशित

अमेरिका, ५ मे । बोल्डर, कोलोराडो सि यु सिनियर विद्यार्थी २२ वर्षीय सोना श्रेष्ठ ५ मे मा भएको सडक दुर्घटनामा परि गम्भीर घाइते भई अस्पतालमा उपचार गराई रहेकी छिन् । राती दश बजे परिवारसँग घर फर्की रहेको समयमा आफ्नो अगाडी दुर्घटनाग्रस्त कारका पीडितलाई सहयोग गरिरहेको अवस्थामा नशाले मात्तिएका व्यक्तिले चलाएको गाडीले ठक्कर दिँदा सो दुर्घटना भएको थियो । उक्त ड्राइभरलाई प्रहरीले हिरासतमा लिसकेको छ ।

मे १२ मा नै ग्र्याजुयट हुन लागि रहेकी सोनाको दुर्घटनाबाट फोक्सो आम्सिक रुपमा चल्नुका साथै शरिरका अन्य भागमा गम्भीर चोट लागेको हुँदा उपचार गराइ रहेकी छिन । यस्तो दु:खद घडीमा सबैले सक्दो सहयोग गर्नको लागि गो-फन्ड एकाउन्ट खोलिएको छ । सो लिकमा गएर इच्छुक व्यक्तिहरूले सहयोग गर्न सक्नेछन् ।

https://www.gofundme.com/please-help-sona

प्रतिक्रिया