अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२८ | Colorodo: 20:43

किरात राई कम्यूनिटी अफ कोलोराडो गठन

बिआरटीनेपाल २०७४ वैशाख २६ गते १:१८ मा प्रकाशित

कोलोराडो निवासी किरात राईको भेलाले किरात राईहरुको भाषा, धर्म, जातीय उत्थान तथा समुदायिक सद्भाव बढाउने उद्धेश्य राखी किरात राई कम्यूनिटी अफ कोलोराडो गठन गरेको छ । कोलोराडो स्थित अरोरामा आइतबार सम्पन्न भेलाले भीम राईको अध्यक्षतामा सर्वसम्मत रूपमा ९ सदस्सिय किरात राई कम्यूनिटी अफ कोलोराडो गठन हो ।

सर्बसम्मत छानीएका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः शोभा सुब्बा राई, जिदन राई, दिलकुमार राई र संस्कृतीक संयोजकमा मालती मगर र धन राई रहेका छन् । त्यस्तै अन्य सदस्यहरूमा धनबहादुर राई, इन्द्र राई र सपना राई रहेका छन् । सोही भेलाले ६ सदस्सिय सल्लाहकार समिति पनि चयन गरेको छ । यसरी चयन भएका सल्लाहकारहरुमा टीकाराम राई, सनबहादुर राई, एसबी मिजार, केदार खतिवडा, डा. डेन एडवोर्स, नीर्मला राई रहेको संस्थाका सचिव जिदेन राईले बताएका छन् ।

कोलोराडोमा किरात राई सोसाईटी अफ अमेरिकाको च्याप्टर रहेको र आफूहरू पनि च्याप्टरको विभिन्न पदमा रहेर केही समय काम गरेको तर आफुहरुलाई उक्त संस्था केन्द्रीय नीति तथा कृयाकलाप चित्त नबुझको कारण बाध्य भएर अर्को संस्था खोल्नु परेको सचिव राईको भनाई रहेको छ । 

प्रतिक्रिया