अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१३ | Colorodo: 17:28

प्रधानन्यायाधीश कार्कीबारे सर्वाेच्च अदालतको आदेशपछि अब के गर्ला संसद्ले ?

बिआरटीनेपाल २०७४ वैशाख २३ गते २०:०६ मा प्रकाशित

सबैतिर चासो छ – सर्वाेच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला ?  प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावमै छलफल गर्न आइतबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ ।

आन्तरिक परामर्शमा रहेकी सभामुख ओनसरी घर्तीले आइतबारको बैठक सूचना टाँस गरेर स्थगित गर्ने सम्भावना बढेको उनीनिकट स्रोतहरूको भनाइ छ । ‘सभामुख ठ्याक्कै यही गर्ने भन्ने निष्कर्षमा पुगिसक्नुभएको छैन, विभिन्न विकल्पमा उहाँलाई सुझाब आइरहेको छ, उहाँ अझै आन्तरिक छलफलमै हुनुहुन्छ । ३१ वैशाखको पहिलो चरणको स्थानीय तहको चुनावको मिति नजिक छ ।

त्यसैले सभामुखले अब ३१ वैशाखअगाडि संसद् बैठक नराख्नेतिर सोचिरहनु भएको देखिन्छ,’ सभामुखनिकट स्रोतले भन्यो ।आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू