अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

अभिनय गरेरै बिमोचन गरे कलाकार हरिवंश आचार्यले आफ्नो दोस्रो कृति ‘हरिबहादुर’ (भिडियो)

बिआरटीनेपाल २०७४ वैशाख २३ गते १०:५७ मा प्रकाशित

नेपाली कलाकारिता क्षेत्रको हाँस्य बिधामा सर्वाधिक सफल कलाकार हरिवंश आचार्यको कृति ‘हरिबहादुर’ सार्वजनिक भएको छ । फाईन प्रिन्टले प्रकाशनमा ल्याएको आख्यान ‘हरिबहादुर’ नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार बिषेश कार्यक्रको आयोजना गरि बिमोचन गरिएको हो ।

https://www.youtube.com/watch?v=o0Is0T2H3Ik

 

यसअघि आत्मकथा ‘चिना हराएको मान्छे’ प्रकाशनमा ल्याएका कलाकार आचार्यले दोस्रो कृति भने उपन्यास लिएर आएका हुन् । हरिबहादुर चरित्र लाई उपन्यासको मुल पात्रका रुपमा उभ्याईएको कृति हरिबहादुर कलाकार द्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ अभिनित चर्चित टेलिचलचित्र हरिबहादुर मदनबहादुरका मुख्य पात्र हरिवहादुरको चरित्रमाथी लेखिएको उपन्यास हो । जसमा सो टेलिचलचित्रमा रहेका हरिबहादुर पात्रका लुकेका जीवन पाटोहरुलाई बाहिर ल्याईएको छ ।

कार्यक्रममा लेखक तथा कलाकार हरिबंश आचार्यले हरिबहादुर उपन्यासमा उक्त टेलिचलचित्रको जम्मा १५ प्रतिशत जति कथामात्र मिल्दो जुल्दो रहेको र बाँकी सबै नयाँ कुराहरु राखिएको बताए साथै उनले यस उपन्यासमा चिना हराएको मान्छेमा लेख्न नमिलेका आफ्ना हर्कतहरु नयाँ कृतिमा समेटिएको उल्लेख गरेका थिए ।
माहौललाई अझ तताउने काम हरिबहादुर स्यवं उहि टेलिचलचित्र हरिबहादुर मदनबहादुरमा लगाउने पहिरनमा आफ्नो जोडदार अभिनयका साथ स्टेजमा आए । उपन्यासकार र पत्रकारबिचको अन्तरवार्तालाई आधार बनाएर ब्याँग्यातमक प्रश्न उत्तर गरिएको कार्यक्रममा हरिबंशको अभिनयले सबैलाई हँसाएको थियो । उनले आफ्नो अभिनयमार्फत देशको अवस्था र नेताहरुमाथी प्रहार गरेका थिए ।

\

सबै भन्दा लामो टेलीभिजन टक सो चलाएर बिश्वकृतिमानी राखेका सञ्चाकर्मी रवि लामिछानेले सञ्चालन गरेको कार्यक्रममा लेखक बुद्धिसागर बस्यालले हरिवंश आचार्यसंग कृतिमाथी रहेर समिक्षत्कम प्रश्नहरु गरेका थिए भने उनका जोडी मदनकृष्ण श्रेष्ठले हरिवंशलाई शुभकामना तथा बधाई दिंदै आफुले पनि पुस्तक लेखेको र दशैं सम्म प्रकाशनमा आउने कुरा खुलासा गरेका छन् ।

कलाकार, साहित्यकार, पत्रकार र सर्व साधारण समेतको अत्याधिक उपस्थिती रहेको कार्यक्रममा, साहित्यकार रविन्द्र समिर, कृष्ण धरावासी, अमर न्यौपाने, नयनराज पाण्डे, गीतकार रत्नसमसेर थापा देखी बलाकार बसुन्धरा भुषाल, मनोज गजुरेल, किरण, केशी, सुरेन्द्र बेसी सिताराम कट््टेल ‘धुर्मुस ‘लगायत हरिवंश आचार्य र मदनकृष्ण आचार्यको परिवार समेतको बाक्लो उपस्थिती थियो भने उनको कृति हरिबहादुर पनि आज नै ठुलो संख्यामा बिक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू