अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२८ | Colorodo: 03:43

सानु तिवारीको एल्वम ‘युनिक’ भिडियो सहित सार्वजनिक

बिआरटीनेपाल २०७४ वैशाख २२ गते ६:३९ मा प्रकाशित

विगत लामो समयदेखि गीत लेखनमा सक्रिय रहेका सानु तिवारीको ‘युनिक’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजनागरि एल्वम सार्वजनिक गरिएको हो । एल्वममा एक धरको सिन्दुर…, जवानीमा…, भोजपुर जिल्ला…, सिमसिमलगायत पाँच गीत समावेश गरिएको छ । सवै गीतमा डीजराज पौडेलको स्वर र सङ्गीत रहेको छ भने सङ्गीत संयोजन रामकार्कीको । कलेक्सन एल्वममा गीतहरु लेखेका सानुको ‘युनिक’ पहिलो एल्वम हो ।

एल्वममा रहेको गीतमध्ये ‘एक धरको सिन्दुर…’को भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोमा ईश्वर, श्रृष्टि र नवीनले अभिनय गरेका छन् । किशोर अनुरागको निर्देशक रहेको भिडियोलाई शिव पंगेनीले खिचेका हुन् । प्रायः मधुर गीत लेखनमा आफूलाई सक्रिय बनाएका सानुले चलचित्रहरुमा पनि गीत लेखेका छन् । सार्वजनिक समारोहमा अतिथिहरुले उनलाई शुभकामना तथा बधाई दिएका थिए ।

वि.सं. २०६४मा ‘घात’ गीतिसङ्ग्रह बजारमा ल्याएका सानु भोजपुर तिवारी भञ्ज्याङ् का स्थायी बासिन्दा हुन् । विभिन्न समाजसेवामा पनि आफूलाई उपस्थिति गराउँदै आएका छन् उनले । सानुले व्यवसायमा ब्यस्त हुँदा हुँदै पनि गीती लेखनमा आफूलाई सक्रिय राख्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू