अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२ | Colorodo: 01:47

शब्दयात्रा प्रकाशनले सीमाविद् बुद्धिनारायण श्रेष्ठ सहित चारजनालाई सम्मान गर्दै

बिआरटीनेपाल २०७४ वैशाख २१ गते १३:०८ मा प्रकाशित

शब्दयात्रा प्रकाशनले २०७४ सालको ‘शब्दयात्रा राष्ट्रझङ्कार सम्मान’ बाट राष्ट्रियताको भावना प्रवद्र्धन गराई राष्ट्रिय गौरव बढाउन योगदान गर्नुभएकोमा सीमाविद् बुद्धिनारायण श्रेष्ठ (ओखलढुङ्गा) लाई र ‘नन्दिकेश्वर अधिकारी शोध सम्मान’ बाट कवि नन्दिकेश्वर अधिकारी र उहाँको वंशजका विषयमा लेखन–प्रकाशन गर्नुभएकोमा अन्वेषक डा. टीकाराम अधिकारी (कास्की) लाई सम्मान गर्ने भएको छ ।

यसै गरी प्रशासनिक कर्मचारी भएर पनि साहित्य क्षेत्रमा योगदान गर्नुभएकोमा पूर्वप्रशासक तथा कवयित्री सुधा कोइराला न्यौपाने (सिन्धुली) लाई २०७४ सालको ‘प्रशासनिक महिला प्रतिभा सम्मान’ बाट र शब्दयात्रा प्रकाशनले २०७३ सालभरिमा प्रकाशन गरेका २० वटा पुस्तकमध्ये सर्वोत्तम ठहरिएको पुस्तक ‘फालिकोटको फाली’ का लागि ज्ञानेन्द्रराज भट्टराई (भोजपुर) लाई ‘शब्दयात्रा सिर्जना सम्मान’ बाट सम्मानित गर्ने भएको छ ।

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीका अनुसार सम्मानित हरेक व्यक्तित्वलाई अभिवन्दनापत्र, उपहार र किरीटका साथमा ५ हजार रुपियाँ समर्पण गरिन्छ भने सम्मान समर्पण समारोह काभ्रे जिल्लाको बनेपामा जेठ ९ गते आयोजना गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू