अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

कोलोराडोमा नि:शुल्क योग प्रशिक्षण शिविर सम्पन्न

बिआरटीनेपाल २०७४ वैशाख १९ गते ५:०१ मा प्रकाशित

लङमन्ट स्थित हिमालयज लायन्स क्लबको आयोजनामा “तपाईका लागी योग जिबन र खानपान” बिषयक निशुल्क योग प्रशिक्षण शिविर आईतबार सम्पन्न भएको छ । अहिलेका चर्चित योगगुरु डा. राजु अधिकारीको उपस्थितीमा लङमन्ट स्थित एभरेष्ट रेष्टुरेण्टमा आईतबारका दिन दिउसो १२ बजे देखी ३.३० बजे सम्म संच्ँँलित योग प्रशिक्षण शिविर मानीसमा आईपर्ने समस्याहरु नियमीत रुपमा के कस्ता योग अभ्यासको माध्यमबाट समाधान गर्न सकिन्छ भन्ने ज्ञानको बिस्तार गर्दै सम्पन्न भएको हो ।

अधुनिकताको बिकास संगै खानपान र जिबन शैली परिबर्तन हुंदा मानीसलाई प्रेसर,सुगर, क्यान्सर लगायत बिभिन्न किसिमका रोगले सताउने समस्या दिन प्रतिदिन बढ्दै गएको कारण “तपाईका लागी योग जिबन र खानपान” बिषयक योग शिबिरबाट थोरै समयमा धेरै ज्ञान पाउन सकेको शिविरमा सहभागी हनेहरुले बताएका छन् ।

नेपालको राष्ट्रियगान गाएर सुरुगरीएको योग शिबिरमा ३,४ घण्टा कतिछिटो बित्यो पत्तै नपाएको र यस योग शिविरबाट अफिसमा कामगर्दा, गाडी चलाउंदा, हिड्दा बस्दा समेत छुट्टा छुट्टै अंगहरुका लागी छुट्टा छुट्टै तरिकाबाट अभ्यास गरिरहन सक्ने उपाएहरु सिक्न पाएकोले यो ज्यादै उपलब्धि पूर्ण रहेको शिविरमा सहभागीहुनेहरुको भनाई रहेको छ । योगगुरु राजु अधिकारीले योगको बिभिन्न आसनको महत्व बुझाउदै र तुरुन्तै सहभागीहरुलाई सोहि आसनमा बसाएर योग गर्न लगाउदा त्यो बढि प्रभावकारी भएको हिमालयज लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठले बताएका छन् ।

मानव चेतना र योग बिज्ञान बिषयमा भारतको हरिद्धार स्थित देब संस्कृती बिश्व बिद्यालयब्ँँट बिद्यावारिधी गरेका डा.राजु अधिकारीले मनुष्य जिवनका अनेक आयाम संग संम्बन्धित रहेर नेपालमा योग संम्बन्धि बिभिन्न कार्यशाला, गोष्ठी, जनचेतना तथा जनजागरण अभियान संचालन गर्दै आईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू