अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

प्रधान न्यायाधीशको महाअभियोगबारे अनलाइन मिडियाको समाचार हेरेर मात्र थाहा पाएँ- काँग्रेस नेता गगन थापा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ वैशाख १८ गते ११:३० मा प्रकाशित

विआरटी नेपाल सम्बाददाता, काठमाडौँ
स्वास्थ्य मन्त्री तथा काँग्रेस नेता गगन थापाले प्रधान न्यायाधीश शुशिला कार्कीको महाअभियोग बारे असन्तुष्टी देखाएका छन् । आज साँझ नेपाली काँग्रेस सदस्यको अफिसियल फेसबुक पेज मार्फत जनतासँग प्रत्यक्ष्य सम्पर्कमा आएका नेता थापाले आफुहरुलाई कुनै जानकारी नै नदिई दर्ता गराईएको प्रधान न्यायाधीशमाथीको महाअभियोगमा आफू व्यक्तिगत रूपमा असन्तुष्ट रहेको बताएका हुन् ।

आउँदै गरेको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको घोषणा पत्रबारे जनतासँग छलफल गर्न फेसबुक लाईभका आएका थापाले जनताले प्रधान न्यायाधीशको निलम्वनबारे प्रश्न राखेपछि आफ्ना विचारहरू सुनाएका हुन् ।

उनले हिजो आइतबार आफू लगायत काँग्रेसका केही नेताहरू वैशाख ९ गते मुस्ताङको कागबेनीमा तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा घाइतेको उपचार गर्न मणिपाल अस्पता पोखराको आकस्मिक कक्षमा ल्याउँदा आन्दोलनको कारण देखाइ चिकित्सकले उपचार गर्न इन्कार गरेको विषयमाथि छलफल गर्न बैठक बसिरहेको समयमा एक्कासि प्रधान न्यायाधीश शुशिला कार्कीमाथी महाअभियोग प्रस्ताव दर्ता भएको खबर पाएको र त्यो खबर पनि काँग्रेस नेताहरुबाट नभई अनलाइन मिडियामा प्रकाशित समाचार हेरेर थाहा पाएको भन्दै यो घटनाबारे आफू अनभिज्ञ रहेको बताए । 

उनले केही नेताहरूले मात्र आफ्नो तरिकाले यो निर्णय गरेकाले यसको जिम्मेवारी पनि सिङ्गो काँग्रेस पार्टीले नभई तिनै व्यक्तिहरूले लिनुपर्ने बताएका छन् । उनले प्रतक्ष्य प्रसारणमा भनेका छन् कि त प्रधान न्यायाधीश कार्की माथिको महाअभियोग प्रमाणित गर्न सक्नुपर्छ होइन भने जनतालाई जवाफ दिने जिम्मेवारी प्रस्ताव पेस गर्ने नेताहरूले लिनुपर्छ ।

मन्त्री थापाले प्रधान न्यायाधीशको महाअभियोगबारे समाचार हेरेपछि आफूले नै केही काँग्रेस नेताहरूलाई सम्पर्क गरेर सोधेको पनि बताए ।

स्थानीय निर्वाचनमा काँग्रेसको घोषणापत्र बारे बोल्दै थापाले सबै जसो निवार्चनमा नेताहरूले आफ्नो घोषणा पत्र जारी गर्ने र ती घोषणापत्रबारे चुनावसम्म जनता र नेताले दुवैले त्यसको विरोध,समर्थन र चासो राख्ने, निर्वाचन सकिएपछि जनताले पनि त्यो घोषणापत्रमा उल्लेख भएका काम नहुदा खवरदारी नगर्ने र नेताले पनि आफ्ना चुनावी धारणा बिर्षने प्रबृती भईरहेकाले आफू निर्वाचन अघि नै घोषणापत्रबारे जनतासँग छलफल गर्न प्रत्यक्ष सम्पर्कमा आएको बताए ।

त्यस्तै उनले जनताले राखेको शहरिकरण र सडक निर्माण, ई पेमेण्ट, स्वास्थ्य क्षेत्र, लगायतका प्रश्नको बारेमा पनि जवाफ दिएका थिए । जनताका प्रश्नहरू अत्याधिक आएपछि मन्त्री थापाले प्राय सबै प्रश्नको सामूहिक जवाफ दिएका थिए ।

भिडियो:

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू