अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१६ | Colorodo: 01:31

कोलोराडोमा क्यान्सर पिडीत महिलालाई भब्य अभिनन्दन

बिआरटीनेपाल २०७४ वैशाख १८ गते ८:५० मा प्रकाशित

कोलोराडोको थ्रोन्टनमा आज एक भब्य समारोह बिच क्यान्सर पिडीत आशा श्रेष्ठलाई उनको उच्च मनोबलको कदर गर्दै अभिनन्दन गरिएको छ ।

क्यान्सर यस्तो रोग हो त्यसको नामले मानिसहरु तर्सन्छन्, रोग लागेका मानीसहरु मानसीक चिन्ताले नै रोगले गलाउनु भन्दा धेरै आगाडी गली सकेका हुन्छन । तर आशा यस्ती साहसिक, उर्जामान जोस जांगर र सकृय महिला हुन् उनीमा क्यान्सर रोग छ भनेर कसैले पत्यउनै सक्दैन । उनको यस्तो कृयाकलापले अन्य क्यान्सर पिडीतलाई जिवन लम्ब्याउन तथा परामर्श दिन एक नमुना बन्न सक्छिन् । यसले समुदाय तथा समाजमा सकारात्मक संन्देस फैलाउन सकिन्छ भनी अभिनन्दन गरिएको हो ।

थ्रोन्टन सिष्टर ग्रुपको आयोजना तथा समाज सेवी द्धय धन पौडेल तथा शान्ति भुषालको संयोजनमा सम्पन्न कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, बुिद्धजिवी, व्यवसाही, कलाकार, पत्रकार, समाजसेवी, गन्यमान्य तथा सर्बसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रमका सभापती बयोबृद्ध आमा भवानी ढुङ्गेल द्धारा पानसमा बत्तीबालेर उद्धाटन गरिएको , महिलाको आयोजनामा महिलाकोलागी सभापति र कार्यक्रम संचालक समेत महिला भएर कोलोराडोमा सम्पन्न गरिएको सभबत यो पहिलो कार्यक्रम हो । महिलाको पहिलो सम्मान घरबाटै हुनुपर्दछ भन्दै उनका पति अनन्त श्रेष्ठले आशालाई माला लगाई दिई अभिनन्दन सुरु गरेका थिए । त्यसैगरी कार्यक्रमका सभापती भवानी ढुङ्गेल दोसल्ला, शान्ति भुषालले अभिनन्दन पत्र, छोरा अतितले टियारा तथा छोरी ईच्छाले आमालाई माला लगाई दिई अभिनन्दन गर्दै चुम्मन गरेका थिए । कार्यक्रमका संयोजक धन पौडेले अभिनन्दनको महत्वबारे प्रश्ट्याएकी थिईन् भने, अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले अभिनन्दन पत्र पढेर सुनाएका थिए ।

त्यसैगरी आशालाई त्यहा उपस्थित संघ संस्थाका प्रतिनिधी, बुिद्धजिवी, व्यवसाही, कलाकार, पत्रकार, समाजसेवी, गन्यमान्य, आशाका साथी संंगी सर्बसाधारण सबैले खादा, माला तथा बिभिन्न गिटहरु हस्तान्तरण गरी उनको दिर्घायूको कामना गर्दै सम्मान गरेका थिए । ४७ बर्षिया आशालाई दुबै ब्रेष्टको क्यासर भएर ब्रेष्टको अप्रेसन भईसकेको छ । उनी पती २ छोरा र एक छोरीको साथ बिगत १६ बर्ष देखी कोलोराडो बस्दै आएकी छिन् ।

 

प्रतिक्रिया