अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 22:48

‘मेरो डान्स कप युएसए २०१७’ सिजन-२ को भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७४ वैशाख १६ गते ६:५४ मा प्रकाशित
विजय थापा ,वाशिंगटन डिसी ,अमेरिकामा गत वर्षदेखि सञ्चालनमा आएको मेरो डान्स कप युएसए २०१७ नामक प्रतियोगिता सुरु भएको छ l  एमडिसी नामबाट लोकप्रिय रहेको चर्चित कार्यक्रम अप्रिल २८ देखि प्रारम्भ गरिने पूर्व घोषणा गरे अनुसार भने मेरो डान्स कप युएसए २०१७’ सिजन-२ को एपिसोड १ को भिडियो सार्वजनिक गरिएको हो l
शृंखला ६ देखि मतदान र प्रत्यक्ष चयन जुलाई ८ तारिख देखि हुनेछ । अप्रिल २८ देखि प्रारम्भ भई अन्तिम समापन (ग्रान्ड फिनाले) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने छ l
 
आगामी मे ५ तारिखमा सहभागी मध्ये उत्कृष्ट ४० जना छनोट हुने छन् । जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनोट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाँचौ स्थानसम्म विजेताको घोषणा गरिने छ ।
एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताको लागि निर्णायकहरूमा नेपाली चलचित्रका नायक दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहने छन् l 
अमेरिका राष्ट्रभर विभिन्न राज्यमा छरिएर रहेका किशोरकिशोरी, युवायुवती, नव प्रतिभा तथा कलाकारका आफूभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै मञ्च उपलब्ध गराउनु समेत संस्थाको मुख्य उद्देश्य रहेको छ l

प्रतिक्रिया