अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

अमेरिकाका नगर प्रमुखले रञ्जु दर्शनालाई विजयीको शुभकामना संदेश यसरी दिए (भिडियो सहित )

बिआरटीनेपाल २०७४ वैशाख १४ गते ११:४३ मा प्रकाशित

विजय थापा ,वासिङ्टन डिसी
अमेरिकाको मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड सिटीको नगर प्रमुख (मेयर )ले रञ्जु दर्शनालाई विजयीको लागि अमेरिकाबाट शुभकामना संदेश दिएका छन् l २१ वर्षीय रञ्जु काठमाडौँ महानगर पालिकाको लागि नगर प्रमुखकि सशक्त दाबेदार उम्मेदवार रहेको चर्चा परिचर्चा अमेरिकामा पनि सुने पछि उनले श्रब्य दृश्य (भिडियो) मार्फत शुभकामना दिएका हुन् l उप नगर प्रमुख किरण सिटौलाको साथै नगर प्रमुख तथा नगर परिषद् सदस्यले पनि नेपाली टोपी लगाएर संदेश दिएका छन् l

अमेरिकाको मेरिल्याण्डको कार्यालयमा अप्रिल २६ तारिखका दिन बसेको बैठक समाप्ति पछि नगर प्रमुख ब्रानडन पलिन ,उपनगर प्रमुख नेपाली मूलका किरण सिटौला तथा नगर परिषद् सदस्य कर्टिस स्मिथ ले एकै लहरमा बसी शुभकामना दिएका छन् l नगर पालिकामा निर्वाचित भएका मध्ये २१ वर्षीय युवा नगर प्रमुख ब्रानडनले आफू पनि २१ वर्षीय हु र रञ्जु पनि २१ वर्ष कि हुन् भन्दै विजयीको कामना गरेका छन् l

अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यमा बसोबास गर्दै आएका किरण सिटौला इतिहास कोर्दै मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड सिटीको नगर उपप्रमुखमा निर्वाचन द्वारा सन् २०१५ मा विजयी भएका हुन् l

स्मरण रहोस् ,सिटौलाले चुनावी मैदानमा उत्रेका आफ्ना ४ जना प्रतिद्वन्दीलाई पछार्दै स्वतन्त्र उम्मेदवारबाट जित हात पारेका थिए भने नगर प्रमुखमा विजयी भएका श्वेत उम्मेदवार ब्रानडन पलिन सिटौला भन्दा ५७ मत ज्यादा प्राप्त गरी विजयी भएका थिए l किरण सिटौला आगामी मे ४ तारिख नेपाल उड्ने भएका छन् भने उनको समर्थन युवा पुस्ताको प्रतिनिधित्व गर्दै मैदानमा होमिएकी रञ्जु लगायत सम्पूर्ण युवालाई समर्थन रहने बताए l १९ वर्षीय का ब्रान डन ले अमेरिकाको नगर प्रमुख बन्न सक्छन् भने २१ वर्षीय रन्जुले पनि काठमाडौँको नगर प्रमुख सजिलोसँग चलाउन सक्ने बताए l

उनले भने २१ वर्षीय रन्जुमा सम्भावना रहेको आफूले देखेको बताए l उनले अगाडी भने उनी सँग क्षमता छ र पारदर्शिताको दर्शन छ l अब युवाहरूलाई विश्वास गर्नु पर्ने उनले बताए l उनले चुनाव जितेको खण्डमा मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेडको तर्फ बाट उनलाई तालिम आदि इत्यादिको लागि नेपाल मै गएर हुन्छ कि अमेरिकाको भ्रमणमा ल्याएर भए पनि उनलाई सक्षम बनाउने प्रतिबद्धता जाहेर गरे l २१ वर्षीय रञ्जु विवेकशील नेपाली दलका तर्फबाट काठमाडौँको नगर प्रमुखकि उम्मेदवार हुन् भने यत्र तत्र सर्वत्र उनी छाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू