अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२० | Colorodo: 14:35

‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड -२०७३’ सम्पन्न

बिआरटीनेपाल २०७४ वैशाख १४ गते ४:३७ मा प्रकाशित

राष्ट्रिय फोटो पत्रकार समुहद्वारा आयोजित फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ सम्पन्न भएको छ । काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित विशेष कार्यक्रममा विभिन्न १३ विधामा उत्कृष्ट मनोनयनमा परेका फोटो पत्रकारहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

फोटो पत्रकार दिवस तथा राष्ट्रिय फोटो पत्रकार समुहको २० औं वर्षगाँठमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रिय फोटो पत्रकार समूहले ‘डिमी थापा लाइफ टाइम एचिप्मेन्ट अवार्ड– ०७३’ पत्रकार भीम गुरुङलाई प्रदान गरेको थियो ।

समारोहमा वनमन्त्री शङ्कर भण्डारी र युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले ५०,००० (पचास हजार रुपैयाँ) राशिको सो अवार्ड प्रदान गरेका थिए ।

त्यसैगरी पहिलोपटक सुरू गरिएका मेगा बैकं नेपाल वर्ष उत्कृष्ट फोटोपत्रकार दि काठमाडौं पोष्टका फोटोपत्रकार निमेश जंग राईले वाजी मारे भने उनले ‘थाहा अध्ययन प्रतिष्ठान राजनीतिक फोटो पत्रकारिता अवार्ड–२०७३’ पनि जित्न सफल भए ।‘एनटिसी डेली लाइफ फोटो पत्रकारिता अवार्ड–२०७३’ दि हिमालय टाइम्सका फोटो पत्रकार स्कन्द गौतमलाई प्रदान गरिएको थियो । ‘श्रीधरप्रसाद आचार्य कल्चर एण्ड टुरिजम फोटो पत्रकारिता अवार्ड–२०७३’ नेपाल साप्ताहिकका पत्रकार लक्ष्मीप्रसाद नाखुसी, र ‘कङ्गारु एजुकेशन अनलाइन फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

त्यसैगरी ‘पाटन प्याथ ल्याब स्वतन्त्र फोटो पत्रकारिता अवार्ड–२०७३’ स्वतन्त्र फोटो पत्रकार राम गुरूङ र ‘ग्लोबल आइएमई बैंक विजनेश फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार बालकृष्ण थापालाई प्रदान गरियो । ‘हेभी हेल्प लिङ्क महिला फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार बीजु महर्जन, ‘ओल्ड दरबार मनोरञ्जन फोटो पत्रकारिता अवार्ड–२०७३ पत्रकार महेशमान प्रधान, ‘मेट्स एजुकेशन मोफसल फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार कृष्णमणि बराल र ‘ग्रेस इनटरनेशनल खेलकुद फोटो पत्रकारिता अवार्ड–२०७३’ पत्रकार सुदर्शन रञ्जीतलाई प्रदान गरियो ।

‘भ्याली ग्रुप एनएफपिजे एक्टिभ मेम्वर फोटो पत्रकारिता अवार्ड–२०७३’ स्वतन्त्र पत्रकार किशोर श्रेष्ठलाई प्रदान गरिएको समूहका अध्यक्ष ध्रुव आलेले जानकारी दिनुभयो । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

प्रतिक्रिया