अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०० | Colorodo: 05:15

स्काउटद्वारा आन्दोलनको घोषणा

बिआरटीनेपाल २०७४ वैशाख १२ गते ५:५८ मा प्रकाशित

नेपाल स्काउटमा सुधार र परिवर्तनको माग राखी आन्दोलनको प्रारम्भ भएको छ । नेपाल स्काउट प्रगतिशील संघर्ष समिति तथा युवा स्काउटर सञ्जाल नेपालद्वारा संयुक्त रुपमा आन्दोलनको घोषणा गरिएको छ ।

रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा वक्ताहरुले स्काउटका पदाधिकारीहरुको २०६८ जेठपछि चुनाव नभएको र जसको आयु २०७२ असार ४ मा सकिएको धारणा राखेका थिए ।

त्यस्तै प्रमुख स्काउटमा युवा तथा खेलकूद मन्त्री दलजीत श्रीपालीले यो गलती स्वीकारी स्काउटमा प्रमुख संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुरोध गरेपछि तोक आदेश भएको थियो ।

नेपाल स्काउटमा यस अघि २०४८–२०५६ र २०६३–२०७१ मा तदर्थ समिति गठन भएको नजिर छ ।

नेपाल स्काउटको ऐन २०५० को दोस्रो संशोधन २०६३ को दफा १४ अनुसार संरक्षकले दिएको निर्देशन पालन गर्ने नेपाल स्काउटको कर्तव्य हुने व्यवस्था सोही अनुरुप विगतमा पनि तदर्थ समितिको गठन भएको थियो । टिप्पणी र आदेशको भरमा २०७६ सम्म आपूmहरुको म्याद रही रहेको दाबी वर्तमान कार्य समितिको रहेको छ ।

आज आन्दोलन घोषणा गरिएको कार्यक्रममा वक्ता देवदुत अधिकारी (स्काउटर), तरुण रञ्जन दत्त (स्काउटर भक्तपुर प्रतिनिधि नेपाल स्काउट प्रगतिशील संघर्ष समिति), गुणराज प्याकुरेल (स्काउटर काठमाडौं, २१ दिनसम्म आमरण अनसन बस्ने २०७० मा) हरि बहादुर श्रेष्ठ (लिडर ट्रेनर, नेपाल स्काउट), कमलचन्द्र काफ्ले (प्रतिनिधि युवा स्काउटर सञ्जाल) बोलेका थिए ।

घोषणा गरिएको आगामी कार्यक्रममा वैशाख १६ गते प्र.म. निवास अगाडि प्रदर्शन गरिनेछ । तत्पश्चात क्रमशः तालाबन्दी, रिले अनसन र आमरण अनसन हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू