अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५० | Colorodo: 07:05

विदेशी प्रशिक्षकबाट क्षमता विकास तालिम

बिआरटीनेपाल २०७४ वैशाख १२ गते ५:४९ मा प्रकाशित

टुगेदर फर नेपाल अर्थात नेपालको लागि संगसंगै संस्थाले दुई दिने कार्य गोष्ठी सम्पन्न गरेको छ । क्षमता अभिवृद्धि गर्ने हेतुले आयोजित कार्यशाला सम्पन्न भएको हो । राजधानीको गा हल ठमेलमा भएको गोष्ठिमा फित्थ केएम, ड्रिम्स, वि डिाचभलट एन्ड स्टानड आउट, विकम अ पिपुल पर्सन, लिभ अ लिगसीले चारवटा विषयमा सहजीकरण गरेका थिए ।

युवाहरुमा क्षमता अभिवृद्धि, प्रतिभा उजागर, लक्ष्य निर्धारण, समयको सदुपयोग, राष्ट्र प्रतिको दायित्व लगायत जीवनपयोगी बिषयमा उत्प्रेरना जगाउने उद्देश्यले अयोजना गरेको अध्यक्ष सुवासन भट्टराईले जानकारी दिए । कार्यशालाका लागि भारतको हैद्रवादबाट डेभिड किरण थिरुमुर मुख्य प्रशिक्षक रुपमा सहभागि थिए । गोष्ठिमा विद्यार्थी, व्यापारी, शिक्षक, राजनीतिज्ञ, समाजसेवी, विदेशी लगायत विभिन्न क्षेत्रबाट ६० जना सहभागी थिए । संस्थाले गत वर्ष पनि वि द चेन्ज नामक तीन दिने कार्यशाला गोष्ठि आयोजना गरेको र आगामी दिनमा समेत निरन्तर दिने कार्यक्रम रहेको अध्यक्ष भट्टराईले बताए ।

संस्थाका सल्लाहकार इटालीका पिरएन्जेलो फेब्रीले नेपाल प्राकृतिक रुपमा सुन्दर भएकाले यहाँका अथाह संभावना रहेको भन्दै खुसी व्यक्त गरे ।’ यहाँका प्राकृतिक जटाहरुसँग मानवीय संवेदना जोडिनु पर्दछ । यसका लागि यो सेमिनारले महत्वपूर्ण अर्थ राख्छ ।’ सल्लाहकार पिरएन्जेलोले भने ।

कार्यशालाले व्यक्तित्व विकासमा महत्वपूर्ण टेवा पुगेको उल्लेख गर्दै सहभागिहरुले सामाजिक प्रतिष्ठा र ख्यातीका लागि समेत यो तालिम प्रभावकारी रहेको भन्दै खुसी व्यक्त गरे । उनीहरुले तालिममा सिकेका कुराहरुमा जीवनमा लागू गर्ने समेत दृढता व्यक्त गरेको पत्रकार छेल्हमु शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू