अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३४ | Colorodo: 04:49

एकै परिवारका ३ जना बालबालिकाको जलेर मृत्यु

बिआरटीनेपाल २०७४ वैशाख ११ गते ९:०१ मा प्रकाशित

बाँकेको डुडुवा गाउपालिका–१ पुडुवा गाउमा आईतबार मध्य रातमा भएको आगलागिमा परेर एकै परिवारका ३ जना बालबालिकाको जलेर मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार राती साढे ११ बजेतिर भएको सो आगलागीमा परेर मुन्सी मुराउको छ वर्षिय छोरा पवन मुराउ, ८ वर्षिय रामजी मुराउ र १० वर्षिया छोरी सोनी मुराउको सुतेकै अवस्थामा जलेर मृत्यु भएको हो ।

घरमा तीन बालबालिकालाई सुताएर गहुँ दाउन गएका कारण आगो लाग्दा घरमै सुतेका बालबालिकालाई बचाउन नसकिएको जानकारीमा आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले जानकारी दिए । मृतकको नेपालगन्जको भेरी अञ्चल अस्पतालमा पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको छ ।

स्थानीय दुलारी मुराउको घरबाट सल्केको आगोले ८ बटा घर टहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । प्रहरी स्थानीय बासिन्दाको सहयोगमा राती साढे १ बजेतिर आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू