अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५२ | Colorodo: 22:07

नगरपालिका प्रमुख बन्न अमेरिकी ‘पिआर’ त्यागे आङ दामी शेर्पाले

बिआरटीनेपाल २०७४ वैशाख ११ गते ३:१३ मा प्रकाशित

देशभर चुनावको लहर चलिरहँदा उमेद्वारहरुको चर्चा पनि यतिबेला सञ्चार माध्यम तताउने बिषय बनेको छ । त्यस्तैमा एक जना ब्यक्तीले अमेरिकाको ‘पिआर’ नै त्यागेर चुनाव लड्ने भएका छन् । अमेरिकी स्थायी बसोवास अनुमति पत्र पाएका आङ दामी शेर्पाले नगरपालिकाको प्रमुख पदको उम्मेद्वार बन्नका लागि अमेरिकी ‘पिआर’ परित्याग गरेका हुन् ।

नेकपा एमालेका नेता समेत रहेका आङ दामी शेर्पाले सोलुखुम्बुको एक मात्र नगरपालिका सोलु दूधकुन्ड नगरपालिकाको प्रमुख पदको उम्मेद्वार बन्न कै लागि पिआर त्यागेका हुन् ।

२०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविकको सल्लेरी गाविसको अध्यक्ष समेत बनिसकेका शेर्पाले भने- ‘अमेरिकाको पिआर नत्यागे पनि उम्मेदवार बन्न त पाइन्थ्यो तर विपक्षीले त्यहीँ विषयलाई विरोधको मुद्दा बनाउछन् भनेर मैले पिआर त्यागेको हुँ ।’

छ वर्षअघि पिआर प्राप्त गरेका शेर्पा त्यसपछि अमेरिका आवातजावात गर्दै आएका थिए । एमाले सोलुखुम्बुले मेयर पदका लागि शेर्पासहित सात जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू