अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 16:36

अमेरिकामा अध्यनरत नेपाली बिद्यार्थीको नदिमा डुबेर मृत्यु

बिआरटीनेपाल २०७४ वैशाख ११ गते १:३४ मा प्रकाशित

अमेरिकामा अध्यनरत एक नेपाली बिद्यार्थीको नदिमा डुबेर मृत्यु भएको छ । लमजुङ्ग जिल्ला सुन्दरबजार ३ भोटेओडार घर भै हाल अमेरिकाको मिनिसोेटा स्थीत साउथवेस्ट मिनिसोटा स्टेट युनिभर्सिटीमा अध्ययनरत २० बर्षिय अर्बिन थापाको शनिवार दिउँसो पौडी खेल्ने क्रममा नदिमा डुवेर मृत्यु भएको हो । 

सन् २०१५ को अगष्टमा हस्पिटालिटी मेनेजमेन्ट अध्ययन का लागि अर्बिन अमेरिका आएका थिए । शनिवार दिउँसो पौडी खेल्ने क्रममा डुवेर हराएका उनी आईतवार मृत अवस्थामा फेला परेका थिए । अर्विनको शव अहिले पोस्टमार्टका लागि स्थानीय अस्पतालमा राखिएको छ ।

कलिलै उमेरमा भएको अर्विन थापा निधनले अमेरिकामा रहेका नेपालीहरु स्तब्ध बनेका छन् । अर्बिन थापाको मृत्यु बारे एनआरएन अमेरिकाका अध्यक्ष पदका उमेद्वार गौरी आर जोशी लेखेका छन् –

प्रतिक्रिया