अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

स्टार्ट अप सम्मिट आयोजना हुँदै

बिआरटीनेपाल २०७४ वैशाख १० गते २१:०४ मा प्रकाशित

विशेष गरी युवा वर्गलाई लक्षित गरी उद्यमशीलता विकास गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने उद्धेश्यले उद्योग मन्त्रालयले आगामी जेठ २४ र २५ गते काठमाडौँमा उद्यमशीलता सम्बन्धी सम्मेलन स्टार्ट अप सम्मिट आयोजना गर्न गइरहेको छ । देशभरका ७५ जिल्लाबाट ३०० जना युवाहरूको सहभागिता रहेने सो सम्मेलनमा स्रोत व्यक्तिका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सफल य्ुवा उद्यमीहकौ संलग्नता रहने छ । विदेशबाट आउने श्रोत व्यक्तिहरूले ती देशहरूमा रहेको उद्यमशीलता सम्बन्धी अभ्यासका बारेमा आ—आफ्नो अनुभव साट्नुका साथै नेपालमा उद्यमशीलताको सम्भाव्यताका बारेमा समेत छलफल गर्ने कार्यक्रम रहेको छ । विश्व अर्थतन्त्रमा उद्यमशीलताको क्षेत्रमा देखिएको प्रवृत्तिलाई आत्मसाथ गर्दै सँगसँगै अगाडी बढ्न नेपालमा पहिलो पटक राष्ट्रिय स्टार्ट अप सम्मेलनको आयोजना गर्न लागिएको हो । 

सम्मेलनको मुख्य उद्धेश्य निम्न रहेको छ ।
१) उद्यमशीलताको विकासमा विभिन्न सरकारी निकायहरुलाई संलग्न गराउने ।
२) उद्यमशीलताको लागि आवश्यक वातावरण बनाउने ।
३) उद्यमशीलता विकासमा संलग्न सबै सरोकारवालाहरुलाई एउटै मञ्चमा समेट्ने ।
४) देशभरि उद्यमशीलता विकासमा भएको प्रगति सम्बन्धी पूर्ण जानकारी, उपलब्ध सेवा र अवसरहरू प्रस्तुत गर्ने ।
५) राज्यको तर्फबाट रहेको उद्यमशीलता सम्बन्धी नीतिगत धारणामा स्पष्टता ल्याउने ।

कुनै पनि राष्ट्रको आर्थिक प्रगतिका लागि उद्यमशीलता अपरिहार्य रहेको छ । अबको प्रतिष्पर्धी विश्वमा हामीले अपनाउने उद्यमशीलताको सोचमा पनि नयाँ आयाम र अवधारणा आवश्यक छ त्यसैले यो सम्मेलन नेपाली युवा उद्यमीहरुका लागि निकै महत्त्वपूर्ण हुनेछ भन्ने हाम्रो अपेक्षा हो । उद्योग मन्त्रालयले अहिले युवा उद्यमशीलताको विकासका लागि स्टार्ट अप कमिटी बनाएर कार्यक्रमहरू अगाडी बढाइरहेको छ । 

नेपाल स्टार्ट अप सम्मिट २०१७ को मूल नारा समृद्धिको रहर उद्यमशीलताको नयाँ प्रहर भन्ने रहेको छ । उद्योग मन्त्रालयको आयोजनामा हुन लागेको सो सम्मेलानमा नेपाल उद्यमी मञ्च, नेपाल उद्योग वाणिज्य महासैघ, नेपाल उद्योग परिसंघ, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सायोगी संस्थाका रूपमा रहने छन् । यस सम्बन्धी अन्य जानकारी र सहभागिताका लागि निम्न ठेगानामा सम्पर्क गर्न सकिनेछ । startup@moi.gov.np 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू