अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८ | Colorodo: 07:43

अमेरिका नेपाल मेडिकल फाउन डेसन(एएनएमएफ ) को २१ औ वार्षिक सम्मेलनको भव्य तयारी( भिडियो सहित )

बिआरटीनेपाल २०७४ वैशाख १० गते १६:४७ मा प्रकाशित

विजय थापा,वासिङ्टन डिसी
अमेरिका नेपाल मेडिकल फाउनडेसन (ANMF) को २१ औ वार्षिक सम्मेलन आगामी मे १२ देखि १४ सम्म Kansas City (क्यान्सस सहर )मा हुने भएको छ l सम्मेलनलाई ऐतिहासिक सफलता हासिल गर्न आयोजक समिति अहोरात्र काम गरी रहेको संस्थाका उपाध्यक्ष डा सन्तोष सापकोटाले बताए l

सन् १९९७ मा नेपाली मूलका चिकित्सक को प्रयास तथा नेपाललाई माया गर्ने अमेरिकन चिकित्सकहरुको पहलमा स्थापाना भएको अमेरिका नेपाल मेडिकल फाउनडेसन का संस्थापक अध्यक्ष डा अर्जुन कार्की हुन् l गैर मुनाफा सामाजिक संस्था को रूपमा न्युयोर्कमा दर्ता भएको संस्था एएनएमएफको मुख्य उद्देश्य नेपालका परियोजनालाई सहयोग गर्नु को साथै स्वास्थ्य सेवा पुर्‍याउनु रहेको छ

यसको साथै नेपालका परियोजना लाई प्रबर्धन गर्दै स्वास्थ्य सेवा वितरणमा नेपाल लाई अधिकतम आत्म निर्भरता बनाउनु रहेको छ l संस्थाले नेपालमा गएको भूकम्पमा पीडित परिवार ,प्रकृति प्रकोप ,मानवीय सेवा जस्ता कार्यमा सहयोग गर्दै आएको र हाल पनि स्वास्थ्य सामुदायिक सेवा भवन निर्माण ,स्वास्थ्य चौकी, खानेपानी परियोजना तथा विगतमा जाडो महिनामा कम्मल वितरण जस्ता काम गर्दै आएको उपाध्यक्ष डा सापकोटाले दिएका छन्।

मे १२ -१४ सम्म चल्ने उक्त सम्मेलनको ३ दिने कार्यक्रमको सुची तयार गरेको छ l कार्यक्रमको मूल विषय नेपालमा स्वास्थ्य प्रविधि सूचना “Health Information Technology in Nepal” हुने प्रमुख सम्योजक डा.प्रकाश न्यौपानेले जानकारी दिनु भएको छ l

पहिलो दिन दर्ता तथा कार्यकारी समितिको पूर्व सन्ध्या मा तयारी तथा बैठक बस्ने जनाएको छ भने दोस्रो दिन साधारण सभा को साथै नयाँ समिति को निर्वाचन र चयन समेत हुने छ र ,तेस्रो दिन मे १४ तारिख संस्थाको रणनीति बैठक गर्दै सम्मेलन समाप्तको घोषणा हुने छ l

विस्तृत जानकारी को लागि अमेरिका नेपाल मेडिकल फाउनडेसन (ANMF) को आधिकारिक सञ्जाल हेर्न यहाँ थिच्नु होला l
http://conference.anmf.org/

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू