अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१३ | Colorodo: 17:28

युवा पुस्ताका प्रीय, गायक तथा संगीतकार हरिस माथेमाको नयाँ गीत मातातिर्थ औंसीप्रति लक्षित

बिआरटीनेपाल २०७४ वैशाख १० गते ६:५१ मा प्रकाशित

आँखाको नानी हौ तीमी, लजालु मुस्कानले प्रीयसी, स्वप्नील रंगमा, एक नजर, बगरमा टेकेका पाईलाहरु झैं, लगायतका सर्वाधिक चर्चित गीतहरु गाएका गायक हरिस माथेमा संगीतमा नयाँ गीत सार्वजनिक भएको छ । आमाको ममतालाई ब्यक्त गरिएको गीत आमा मलाई जन्म दिई म्यूजिक भिडियो सहित सङ्गस् नेपालको यूटुव च्यानल मार्फत भर्खरै सार्वजनिक भएको हो ।

गीतकार बिनोद रोक्काको शब्द र अनिता सुब्बाको आवाजमा रहेको ‘आमा मलाई’ माथी बनेको भिडियोमा आसा सुब्बा र एलिसा सुब्बाको अभिनय रहेको छ भने गीतको भिडियो सुरेन्द्र मान सिंहको छायाँकन र सम्पादनमा बजारमा आएको हो ।

हाल अमेरिकामा रहंदै आएका गायक तथा संगीतकार हरिस माथेमा युवा पुस्ताले अत्यन्त रुचाएका गायक हुन् । अमेरिकामा रहेर पनि उनले नेपाली सांगितीक क्षेत्रलाई माया मारेका छैनन् । अमेरिकामा आयोजना हुने बिभिन्न कार्यक्रमहरुमा सहभागी हुँदै आएका हरिसले अमेरिका बसाईका क्रममा पनि धेरै गीतहरु बजारमा ल्याएका छन् । पछिल्लो पटक उनको संगीतमा सार्वजनिक भएको गीत आमा तिमीले मातातिर्थ औंसीलाई लक्षित गरेर बनाईएको गीत हो जसमा आमाको महत्व र स्नेहलाई ब्यक्त गरिएको छ ।

प्रतिक्रिया