अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 09:28

नेपाली समाज ह्युस्टनद्वारा १० हजार डलर सहयोग सङ्कलन (फोटो फिचर)

बिआरटीनेपाल २०७४ वैशाख ९ गते १७:५६ मा प्रकाशित

बिआरटी नेपाल प्रतिनिधि, ह्युस्टन, टेक्सस । 
मनका कुबेर नेपालीहरूको आफ्नोपन कस्तो हुन्छ भनेर थाहा पाउन ह्युस्टनका नेपालीहरूलाई सम्झेपुग्छ। Nepalese Association of Houston (NAH)ले आह्वानगरेको मात्र के थियो सहृदयी नेपालीहरू सहयोगका लागि उपस्थित भई हाले। क्यान्सर उपचार गराई रहेका ३० वर्षीय संगीतकर्मी ‘सुभान्जन द्वा’ को सहयोगका लागि एकहप्ता भन्दापनि कम समयको तैयारीमा NAH ले आयोजना गरेको ‘आर्थिक सङ्कलन रात्रीभोज’मा उपस्थित भएर सैयौं नेपालीहरूले सुभान्जनको उपचारकालागि आर्थिक सहयोग गरे। नेपाली समाजका प्राय सबैजसो अग्रज र ह्युस्टनमा रहँदा ताकाका सुभान्जनका साथीहरू उपस्थित फुन्डरेजिङ डिनरबाट मात्र १० हजार डलर जम्मा भयो । ह्युस्टन स्थित ताज हलमा शुक्रवार साँझ (अप्रिल २१) काराओके साङ्गीतिक कार्यक्रमका (Karaoke Musical Program) साथ आयोजित रात्रीभोजबाट उठेको सबै रकम सुभान्जनको परिवारलाई हस्तान्तरण गरिने NAH (नेपाली समाज ह्युस्टन) का अध्यक्ष ज्योति घिमिरेले जानकारी गराए । 

जनक थापाले साङ्गीतिक शैलीमै सञ्चालन गरेका कार्यक्रममा साइ लामा लगायत नेपाली समाज ह्युस्टनका पदाधिकारी, सदस्य र सङ्गीतका पारखी युवाहरूले सुभान्जनको सफल उपचारको कामना सहित कर्णप्रिय नेपाली गीतहरू गाएका थिए । नेपाली समाज ह्युस्टनका संस्थापक अध्यक्ष राजेन्द्र श्रेष्ठ देखि सल्लाहाकार तारा बराल र वर्तमान अध्यक्ष ज्योति घिमिरे अनि महासचिव विष्णु नेपाल दम्पति सम्मको स्वर सुन्न पाएका नेपालीहरू आवश्यक परेको बेला सहयोग गर्न पाउँदा निकै खुसी र उत्साहित देखिन्थे । 

साँझ ८.३० बजेबाट सुरु भएर करिब ३ घण्टा चलेको कार्यक्रममा उपस्थित भएर सुभान्जनको उपचारका लागि सहयोग पुर्याएकोमा उपस्थित सबैलाई नेपाली समाजका समग्र पदाधिकारीहरुले धन्यवाद ज्ञापन गरेका थिए । नेपाली समाज स्थापना काल देखिनै आफ्ना गीत र सङ्गीतका माध्यमले ह्युस्टनबासी नेपालीहरुबीच निकै जमेका सुभान्जनलाई क्यान्सर भएको सुने देखिनै उनका साथीहरूको सक्रियताले निकै छोटो समयको सूचनामा पनि यतिधेरै रकम उठ्न सकेको हो । नेपाली समाज ह्युस्टनको वेबसाईटमा भएको लिंक http://nahtx.org/cause/help-shuvanzan-for-cancer-treatment मार्फत सहयोग जारी राख्न नेपाली समाज ह्युस्टनले सबै शुभचिन्तकहरुमा आह्वान गरेकोछ ।

(फोटो फिचर) 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू