अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

नेपाली जन सम्पर्क समिति अमेरिकाको प्रथम साधारण सभा सुरु

बिआरटीनेपाल २०७४ वैशाख ९ गते १०:२८ मा प्रकाशित

विजय थापा, वासिङ्टन डिसी
नेपाली जन सम्पर्क समिति अमेरिकाको प्रथम साधारण सभा डिसी महानगर क्षेत्रको भर्जिनियामा सुरु भएको छ l कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा नेपाल सरकारका मन्त्री जीवन बहादुर शाही पानसमा बत्ती बाली गरेका थिए l

सभाको सभापतित्व सभापति आनन्द विष्टले गरेका छन् भने कार्यक्रममा यस भेकका चर्चित तथा राजनैतिक दलका विभिन्न बिदेशीहरुलाई पनि आमन्त्रण गरिएको छ । उनीहरूले शुभ कामना मन्तव्य व्यक्त गरेका छन् भने नेपाली समुदायका प्रतिनिधिहरूले शुभकामना दिने क्रम जारी छ l 

यसै गरी सभामा स्थानीय विभिन्न सङ्घ/संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ l उक्त साधारण सभालाई ऐतिहासिक र भव्य रूपमा सफल बनाउन केन्द्रीय उपसभापति केशव बरालको संयोजकत्वमा ‘साधारण सभा मूल तयारी समिति’ गठन गरिएको थियो l

वार्षिक साधारण सभा सम्पन्न गर्नका लागि मूल व्यवस्थापन समिति मनोनयन सँगै स्थानीय स्तरमा उप समिति गठन गरेको थियो l विभिन्न उप समितिमा होटेल तथा खाना व्यवस्थापन ,आर्थिक एवं रजिष्ट्रेशन ,यातयात व्यस्थापन ,स्वागत तथा अतिथि सत्कार, मञ्च एवं हल व्यवस्थापन, सांस्कृतिक कार्यक्रम व्यवस्थापन तथा प्रचार प्रसार समिति गठन गरिएको थियो l 

उक्त एक दिवसीय उक्त सभाको लागि अमेरिकाका करिब दुई दर्जन भन्दा ज्यादा शाखाका पदाधिकारी ,केन्द्रीय कार्य समितिका पदाधिकारी ,सदस्यहरू ,सल्लाहकार ,काँग्रेस दल सँग आबद्ध रहेका सहित करिब ३ सय जनाको सहभागी रहेको छ l सभाका लागि नेपालबाट काँग्रेसका मन्त्री तथा अन्य नेताहरूको उपस्थिति रहेको थियो l 

स्वागत मन्तव्य सभा संयोजक केशव बरालले गरेका छन् भने सभामा कराते खेलाडी उज्जवल ठकूरी ,भारत्तोलक रूप कार्की ,रक्त सञ्चार अमेरिकाका संस्थापक सभापति अर्जुन कुमार मैनाली तथा अधिवक्ता खगेन्द्र जीसी लाई सम्मानित गरिएको छ । एक दिवसीय साधारण सभामा साँझ बन्द सत्र तथा अमेरिका मा रहेका प्रख्यात कलाकारहरू द्वारा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने छ l

नेजस भर्जिनिया शाखाका सभापति रामशरण हुमागाईलाई सदस्य सचिवको जिम्मेवारी दिइएको थियो भने साधरण सभाका लागि आर्थिक संयोजकको जिम्मेवारी केन्दीय सदस्य गोपाल विश्वकर्मालाई दिइएको थियो l वर्तमान अमेरिकन राजनैतिक परिवर्तन सँगै संस्थालाई कसरी अगाडी बढाउने ,संस्था तथा शाखा को कार्यदिशा तय गर्ने , मार्गदर्शन ,विधान परिमार्जित गर्ने ,शाखा तथा केन्द्रीय अधिवेशन तथा प्रक्रिया सम्बन्धी विषयमा व्यापक छलफल गरिने भएको छ l 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू