अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

भक्तपुरको सिरुटारमा प्राकृतिक ग्यास निस्क्यो

बिआरटीनेपाल २०७४ वैशाख ७ गते ११:३३ मा प्रकाशित

भक्तपुरको सिरुटारमा पानीको लागि बेल खन्दा निस्केको प्राकृतिक ग्यासको अवस्था वारे आज उद्योग मन्त्री नवीन्द्रराज जोशीेले स्थलगत निरिक्षण गरी सुरक्षाका उपाय तत्काल अपनाउन सम्वन्धित निकायलाई निर्देशन दिनुभयो । खानेपानी विभागले पानीको लागी बेल खन्दा प्राकृतिक ग्यास निस्केर आगलागी समेत भएको थियो । पानीको लागि बेल खन्दा निस्केको सो प्राकृतिक ग्यास आर्थिक र व्यवसायिक रुपले सम्भाव्य छ कि छैन त्यसको आवश्यक अध्ययन अन्वेषण गर्न मन्त्री जोशीले खानी तथा भूगर्भ विभागलाई निर्देशन दिनुभयो ।

भक्तपुरको सिरुटारमा प्राकृतिक ग्यास निस्केको जानकारी पछी हिजो नै खानी तथा भूगर्भ विभागको टोलीले सो क्षेत्रको प्राविधिक निरिक्षण गरी सुरक्षाका लागि निर्माणाधीन बेल वन्द गर्नुपर्ने रिपोर्ट दिएको थियो । सोही अनुरुप हाल सो बेल बन्द गरिएको भएपनि ग्यास आउने क्रम रोकिएको छैन । पानीको बेल खन्दा प्रयोग भएका सामानहरु तत्काल हटाई ग्यास आउन नसक्ने गरी बन्द गर्न खानी तथा भूगर्भ विभागले सुझाव दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू