अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

लोडसेडिङ अन्त्यको वास्तविकता अब चलचित्रमा (भिडियो)

बिआरटीनेपाल २०७४ वैशाख ७ गते ३:४४ मा प्रकाशित

लोडसेडिङमुक्त देश बनाउने अभियानको कथावस्तुमा केन्द्रित चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको हो ।

उर्जामन्त्री भएपछि जर्नादन शर्माले लिनुभएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई चलचित्रमा देखाइएको छ । उनीहरुको इच्छाशक्तिका कारण उर्जा क्षेत्रमा आएको नाटकीय परिर्वतन र सकारात्मक प्रभावलाई चलचित्रमा चित्रित गरिएको छ । चलचित्रले विद्युत उत्पादन बढाएर देश उज्यालो बनाउने मन्त्री शर्माको अठोट र विद्युतको उचित व्यवस्थापनमा कुलमान घिसिङले देखाएको कुशलतालाई प्रस्ट गरेको छ ।

महानायक राजेश हमाल ‘उज्यालो नेपाल’ चलचित्रमा मन्त्रीको भूमिकामा देखिएका छन् भने पाइलट विजय लामा प्राधिकरण कार्यकारी निर्देशकको रुपमा देखिएका छन् । चलचित्रमा विद्युत विकासमा देखिएका समस्या र चालिएका कदमहरुलाई पनि देखाउन खोजीएको छ । शुभ मिडिया होम प्रा.लिले निर्माण गरेको यस चलचित्रमा अभिमन्यु निरवीको कथा रहेको छ । 

सरोज ओलीको निर्देशन रहेको चलचित्रमा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ । नेपाल टेलिभिजनमा प्रसारण भइसकेको चलचित्र ‘उज्यालो नेपाल’ युट्युबमा पनि सार्वजनिक गरिएको छ । हेर्नुहोस् भिडियो । 

 

प्रतिक्रिया