अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

विश्व पर्वतारोही एवं धावक संजय पण्डितलाई गोल्डेन गेट कलेजको रु १ लाख सहितको सम्मान

बिआरटीनेपाल २०७४ वैशाख ७ गते ०:५४ मा प्रकाशित

कृतिमानी विश्व पर्वतारोही एवम लामो दुरीका धावक संजय पण्डितलाई बुधवार काठमाडौंको बत्तिस पुतलीमा आयोजित कार्यक्रममा गोल्डेन गेट इन्टरनेशनल कलेजले रु १ लाख तथा ताम्रपत्र सहित साहशिक खेलकुद अवार्ड द्वारा सम्मानीत गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा प्राणघातक हिमालको रुपमा चिनिएको मनास्लु लगाएत संसारका ११ वटा चर्चीत हीमाली आरोहण गरीसकेका पण्डितलाई प्रमुख अतिथी गोल्डेन गेट कलेजका कार्यकारी प्रमुख रमेशकुमार शिलवालले ताम्रपत्र एवं चेक हस्तान्त्रण गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथी शिलवालले सगरमाथा देखि अन्टारटिका सम्म संजयको आरोहण संगै गोल्डेन गेट कलेजले पनि विजय प्राप्त गरेकोले आफु अत्यन्त खुसी रहेको जानकारी दिदै आगामी दिनमा संजयको थप सफल कृर्तिमानी आरोहणको कामना पनी गरे ।

पण्डितले अस्ट्रेलियाको सर्वोच्च शिखर कोजिएसको र अफ्रिका को सर्वोच्च शिखर किलिमन्जरो नेपाली दौरा सुरुवाल भादगाउँले टोपी सहित आधार शिविर देखि शिखर सम्म उल्टो हिडेर सफलता पूर्वक आरोहण गरेका थिए भने यूरोपको सर्वोच्च शिखर ६ मिनेट ३ सेकेण्ड अर्धनाङ्गीएर अन्तराष्ट्रिय कृर्तीमान कायम गरेका थिए ।

सम्मानीत पण्डितले आफ्नो विश्व आरोहणमा आईल्याण्ड पिक सगरमाथा देखि अन्टारटिको ११ पर्वतको आरोहण सम्म तन, मन र धन दिई सहयोग गर्ने गोल्डेन गेट कलेज र कार्यकारी प्रमुख रमेशकुमार शिलवाल प्रति विशेष धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू