अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

राजेश हमाललाई करिस्माको सुझाव:’देशको चिन्ता छ भने काठमाडौँबाट मेयरको लगि चुनाब लड्नुस’

बिआरटीनेपाल २०७४ वैशाख ५ गते ३:५२ मा प्रकाशित

नायिका करिष्मा मानन्धरले महानायक राजेश हमाललाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेद्वार बन्न सुझाव दिएकी छन् । आफ्नो फेसबुक पेजमा स्टाट्स लेख्दै नायिका मानन्धरले देशको चिन्ता भए काठमाडौंको मेयर पदका लागि स्वतन्त्र उम्मेद्वारी घोषणा गर्न सुझाएकी हुन् ।

महानायक हमाल र नायिका मानन्धर नेपाली चलचित्रका एकै पुस्ताका कलाकार हुन् । मानन्धर नयाँ शक्ति नेपालकी केन्द्रीय सदस्य हुन् । हमाल भने अहिले सम्म कुनै पार्टीमा आबद्ध छैनन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अर्की नायिका रेखा थापाले उम्मेद्वारी घोषणा गर्ने चर्चा चलिरहेका बेला करिष्माले महानायक हमाललाई यस्तो सुझाव दिएकी हुन् ।

प्रतिक्रिया