अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

अन्तर्राष्ट्रिय फुटबल खेलाडी हर्नान्डेजको हत्या

बिआरटीनेपाल २०७४ वैशाख ४ गते २२:४० मा प्रकाशित

लन्डन, ५ वैशाख । पानामाका अन्तर्राष्ट्रिय फुटबल खेलाडी आमिल्कर हर्नान्डेजको गोली हानी हत्या भएको छ । राष्ट्रिय टोलीका ३३ वर्षीय मिडफिल्डरको गत शनिवार घरबाट बाहिर निस्किने क्रममा हतियारसहित आएका अपरिचित व्यक्तिले गोली हानी हत्या गरेका हुन् ।

कोलोन क्षेत्रमा भएको यो घटनामा मिडफिल्डर हर्नान्डेजलाई थुप्रै गोली लागेको प्रहरीले बताएको छ । घटनामा अन्य दुई घाइते भएका थिए । हत्या अस्पतालनजिकै भएको थियो । राष्ट्रपति हुँवा कार्लोस भारेलाले हत्याको कडा शब्दमा निन्दा गरेका छन् । उनले हत्यामा संलग्न व्यक्तिलाई छिट्टो पक्राउ गरी कानुनी दायरामा ल्याउन कोलोनका अधिकारीलाई निर्देशन दिएका छन् ।

सन् २०१८ को विश्व कप छनोटमा संलग्न पानामाको टोलीमा हर्नान्डेज पनि समावेश छन् । उनी अमेरिकाविरुद्ध १–१ गोलले बराबरी खेलमा २० मिनेट मैदानमा उत्रिएका थिए । – एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू