अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०५ | Colorodo: 04:20

महानायक राजेश हमालले राष्ट्रपति भण्डारीलाई भारतमा अपमान हुँदा यस्तो लेखे

बिआरटीनेपाल २०७४ वैशाख ४ गते १५:३१ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतकी महिला तथा बालिबालिका राज्यमन्त्री कृष्णा राजले विमानस्थलमा स्वागत गरेपछि सामाजिक सन्जाल मार्फत नेपालीहरूले यसको विरोध गरेका छन् । राष्ट्रपति भण्डारीलाई राज्यमन्त्रीले ‘रिसिभ’ गर्दा राष्ट्रपतिको सम्मान नभएको भन्दै आलोचना सुरु भएको हो ।

आलोचना गर्नेमा हाम्रा महानायक राजेश हमाल पनि थपिएका छन् । राष्ट्रपतिलाई भारतको त्यस प्रकारको सत्कारले नेपालको सार्वभौम र स्वतन्त्रतामा आँच पुगेको महानायक हमालले सोमबार राती आफ्नो फेसबुकमा लेखेका छन् । स्टाटस जस्ताको त्यस्तै:

अङ्रेजिमा:
This is the outcome when the Government of a Sovereign, Independent State does not affirm it’s position as equals but rather behaves like a minion…Our Government and leaders have not just tarnished their image in international arena but have also deeply wounded the pride of Citizens of a Sovereign and Free State…Shame on them (Govt.)

नेपालीमा रूपान्तर:
यो यस्तो परिणाम हो जब सार्वभौम र स्वतन्त्र राज्यको सरकारले यसको स्थान समान रूपमा देखाउन सक्दैन । तर कृपा पात्रको रूपमा व्यवहार गर्छ । हाम्रो सरकार र नेतृत्वले अन्तराष्ट्रिय जगतमा छवि कलंकीत मात्र पारेनन्, सार्वभौम र स्वतन्त्र राज्यको नागरिकको गर्व पनि ध्वस्त पारे । तिनीहरु यानीकि सरकारलाई लाज हुनु पर्ने ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू