अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५५ | Colorodo: 11:10

ग्लोबल नेपाल फेस्ट डिसी २०१७ सफलता पूर्वक सम्पन्न

बिआरटीनेपाल २०७४ वैशाख ४ गते १४:२४ मा प्रकाशित

विजय थापा,वासिङ्टन डिसी
भिन्तुना ईनटरनेसनल(अन्तर राष्ट्रिय)को आयोजना गरेको ग्लोबल नेपाल फेस्ट २०१७ डिसी नामक महोत्सव सफलता पूर्वक सम्पन्न भएको छ l उक्त महत्सवमा नेपाल झल्काउने कार्यक्रमको साथै चित्रकला प्रदर्शन, योगा तथा ध्यान सत्र सहित उत्सव विविध कार्यक्रमको साथ सम्पन्न भएको छ ।

मेडिटेसन सेसन (ध्यानसत्र )बिहान ११ :३० मिनेटमा सुरु गरिएको थियो भने योगा कार्यक्रम १२:३० मा आयोजना गरिएको थियो । कार्यक्रममा कुनै औपचारिक कार्यक्रम राखिएको थिएन l

नेपालका सङ्गीत, कला, पर्यटक, संस्कृति, कलाकार, हस्तकला, चित्रकला, भेषभूषा आदि इत्यादिलाई प्रबर्धन गर्ने हेतुले उत्सवको आयोजना गरिएको आयोजकको तर्फबाट सुरेश सापकोटाले बताए । सापकोटाले यसलाई निरन्तरता दिने छौ भन्दै आगामी अप्रिल २९ तारिख बाल्टिमोरमा पनि यस्तै कार्यक्रम गरिने बताए l 

अमेरिकाको राजधानी वासिङ्टन डिसीमा सम्पन्न उक्त उत्सवमा नेपालका लागि पूर्व अमेरिकन राजदूत स्कट डेलेसी, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की मेरिल्याण्ड इन्डियन हेड नगर पालिकाका नेपाली मूलका निर्वाचित उप नगर प्रमुख किरण सिटौला, गैर आवासीय नेपाली सङ्घ अमेरिकाका संस्थापक अध्यक्ष सुमन तिम्सिना लगायत अन्य सङ्घ/संस्थाका प्रतिनिधि तथा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । एक अमेरिकन नागरिक जसले आफू नेपाल जाँदा खिचेका तस्बिरहरू समेत उत्सवमा ल्याएर प्रदर्शन समेत गरेका थिए l 

उक्त उत्सवमा चित्रकला प्रदर्शनीमा नेपाली मूलका कलाकारहरुमा राजेन्द्र केसी, एरिना ताम्राकार, आशा डंगोल, सागर मानन्धर, रबिता केसी, दिभा प्रधान, किरण मानन्धर, सम्झना राज भण्डारी, चन्द्र श्रेष्ठ तथा कृष्ण गोपाल रंजित सहभागी भएका थिए भने कलाकार राजेन्द्र केसीले प्रत्यक्ष चित्र बनाएका थिए । 

उत्सवमा नेपाली व्यवसायी, गैर मुनाफा सामाजिक संस्था, नेपाली पाठशाला अफ भर्जिनिया ,एनपीपीए लगायत डिसी महानगर क्षेत्रका सङ्घ/संस्थाले आफ्नो प्रदर्शन कक्ष समेत राखेका थिए l नेपालका हस्तकलाका सामग्री, बौद्ध स्तुप, पशुपतिनाथ मन्दिर आदि इत्यादि पनि सजाइएको थियो । नेपाली मौलिक मादलको साथै नेवा समुदायको महिला समूहले नृत्य प्रस्तुति गरेको थियो भने कलाकार श्याम नेपालीले मादलको साथमा सारंगी बजाएका थिए ।

सन् २०१३ मा ग्लोबल नेपाल फेस्ट वासिङ्टन डिसीमा अभूतपूर्व सफलताको साथ सम्पन्न गर्दै बिदेशीहरुलाई नेपालको चिनारी गराउन सफल भएको थियो । भिन्तुना ईनटरनेसनलको मुख्य उद्देश्य नेपालका कुनै पनि चिजलाई प्रबर्धन गर्नु रहेको छ l 

प्रतिक्रिया