अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४० | Colorodo: 07:55

‘नेपाली लिटिल स्टार’को उपाधि श्रेया र अभिनवलाई

बिआरटीनेपाल २०७४ वैशाख ४ गते ०:४२ मा प्रकाशित

शनिवार राती सम्पन्न ‘नेपाली लिटिल स्टार–२०१७’ को उपाधि श्रेया महर्जन तथा १२ अभिनव श्रेष्ठले जितेका छन् । १० वर्षीया श्रेया तथा १२ वर्षीय अभिनव धापासीस्थित अपी स्कूलका विद्यार्थी हुन् ।

सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न ६८ जना बालबाकिलाहरुबीचको यो प्रतियोगितामा दिप्तेश सिंह तथा प्रकृति पोखरेलले सिनियरतर्फको फस्ट रनर्स अपको उपाधि जिते भने जुक्ति विक्रम शाही तथा मायोमी बज्रचार्यले जुनियर तर्फको फस्ट रनर्स अपको उपाधिमा चित्त बुझाए । यसैगरी श्रृजन त्रिपाठी तथा प्रज्ञा राईले सिनियरतर्फ सेकेण्ड रनर्स अपको उपाधि जिते भने आयान सिलवाल तथा सुप्रिया कार्कीले जुनियरतर्फको सेकेण्ड रनर्स अपको उपाधि जिते । प्रतियोगितामा ६८ जना बालबालिकाहरुले भाग लिएका थिए ।

स्वस्तिका राज भण्डारीद्वारा कोरियोग्राफी गरिएको यो प्रतियोगिताको आयोजना इफो ईन्टरटेन्मेन्टले गरेको हो । प्रतियोगितामा अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, अभिनेताद्वय सविन श्रेष्ठ तथा निर्जन थापा र मोडल जिनस लामा निर्णायकको रुपमा रहेका थिए । सुप्रिया थापा तथा मीरा कक्षपतिको व्यवस्थापन सम्पन्न प्रतियोगितालाई निमा शेर्पा तथा पासाङ शेर्पाले संयोजन गरेका हुन् ।

कार्यक्रममा बिनोद ढकाल, भीम बिसी, स्मिता घिमिरे आदि गायक–गायिकाहरुले सांगीतिक प्रस्तुत समेत दिएका थिए भने विभिन्न कलाकारहरुले नृत्य प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया