अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४० | Colorodo: 17:55

नयाँ वर्षको उपलक्ष्यमा घरबार बिहिनलाई खाना वितरण

नातिबाबु भट्ट, कोलोराडो २०७४ वैशाख ३ गते १९:०० मा प्रकाशित

नेपालीहरूको सकृयतामा गठित लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा आइतबार घरबार बिहिनलाई नेपाली खाना वितरण कार्यक्रम सम्पन्न भयो ।

लङमन्ट नगर स्थित आवर सेन्टरमा आयोजित खाना वितरण कार्यक्रममा झन्डै २ सय घरबार बिहिनहरुले नेपाली खाना दाल,भात, तरकारी र अचारको स्वाद मानी खुसी साथ खाएका थिए । उनीहरू ढोकाबाट भित्र पस्दा ओ स्मेल्स् गुड भन्दै पसेका थिए । खाना वितरण कार्यक्रमलाई सफलताका साथ सफल पार्न लायन्सका पदाधिकारी, नेपाली भाषा शिक्षामा सहभागी छात्र छात्राका र तिनका अभिभावकहरुको सक्रिय सहयोग र सहभागिता गरेको थियो ।

आइतबार ११.३० देखि सुरु भएको खाना वितरण कार्यक्रम दिउसो साढे १ बजे सम्म सञ्चालन भएको थियो । खाना लायन्सका पदाधिकारीले घर घरमा तयारपारी वितरण गरिएको थियो ।

खना वितरण स्थल आवर सेन्टरमा बिहान ८.३० बजे देखि नै आयोजक लङमन्ट हिमालयज लायन्स क्लबका पदाधिकारी, स्थानीय समाज सेवी लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर केननोर गिल, डिष्ट्रिक क्याबिनेट सेक्रेटरी मिगेल गिल, आवर सेन्टरका सुपरभाईजर केण्डी, ६–७ वर्षका बाल बालिकाहरु संस्कार श्रेष्ठ, आर्यन श्रेष्ठ, बलाम श्रेष्ठ लगायत सुदक्षिणा भट्ट र आश्विनी श्रेष्ठ समेत सक्रिय रूपमा स्वयंसेबक भई काम गरेका थिए । 

 

प्रतिक्रिया