अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

सियाटलमा नेपाली वाणिज्य दूतावास स्थापना, राजदुतद्धारा उद्घाटन हुने

बिआरटीनेपाल २०७४ वैशाख ३ गते १८:५० मा प्रकाशित

होम लम्साल, सियाटल
अमेरिकाको वासिङ्टन स्टेटको सियाटलका लागि नेपाल सरकारद्धारा अवैतनिक वाणिज्य दुतमा नियुक्त एसी शेर्पाले यही अप्रिल २९ तारिकबाट औपचारिक रूपमा अफिस स्थापना गर्नु हुने बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले सो दिन कार्यालय स्थापनाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको वाणिज्य दुत शेर्पाले बताए । वाणिज्य दूतावास उद्घाटन कार्यक्रममा सियाटलस्थित सिटी अफ रेडमण्डका मेयर जोन मार्क क्वाईन, र सिटी अफ बेथलका मेयर एण्डी रेयुमीसहित एनआरएनका अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामा, अमेरिका एनआरएनका अध्यक्ष डा केशव पौडेललगायत विशिष्ठ अतिथिहरुको उपस्थिति हुने अवैतनिक वाणिज्य दुत एसी शेर्पाले बताएका छन् । नेपाल सरकारले अमेरिकामा रहेर सामाजिक काम, पर्यटन प्रर्वद्धन एवं व्यवसायमा संलग्न शेर्पालाई चार वर्षका लागि वाणिज्य दुतमा नियुक्त गरेको हो ।

शेर्पा समुदायबाट पहिलो पटक वाणिज्य दुत हुन सफल शेर्पा दुई दशकभन्दा बढीे समयदेखि अमेरिका बस्दै आएका हुन । उनले समाज सेवामा निकै समय खर्चेका छन् । गैर आवासीय नेपाली सङ्घ अमेरिकाज् क्षेत्रका क्षेत्रीय उपसंयोजक समेत रहेका शेर्पाले आगामी गैर आवासीय नेपाली सङ्घको अमेरिकाज् क्षेत्रबाट क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने बताएका छन् । उनले भने आफूले निकै लामो समयदेखि यही एनआरएनमार्फत समाज सेवाको काम गर्दै आएकोले आगामी कार्यकालमा म क्षेत्रीय संयोजकका हैसियतले अझै धेरै काम गर्न चाहन्छु । यस अघि अमेरिकामा ८ जान महावाणिज्य र वाणिज्य दूतहरु रहेकोमा अव ९ जना पुगेको छ । अमेरिकामा नेपालीहरूको सङ्ख्या बढेसँगै सरकारले पनि महावाणिज्य दुतहरुका लागि सङ्ख्या बढाएको हो ।

नेपाल सरकारले एसी शेर्पालाई अवैतनिक वाणिज्य दुत नियुक्त गरेपछि यसअघि पनि नेपाल र नेपालीका लागि सक्दो काम गर्दै आएको र अव जिम्मेवारी थपिएको भन्दैमुलुक र नेपालीका लागि जिम्मेवारी थपिएको बताए । गैर आवासीय नेपाली सङ्घ उत्तरअमेरिका क्षेत्रका सहसंयोजक समेत रहेका शेर्पाले आगमाी दिनमा नेपाललाई अमेरिकामा चिनाउने र नेपालीका लागि आवश्यक सहयोग गर्ने थप दायित्व थपिएको बताए । शेर्पालाई उक्त क्षेत्रका नेपाल र नेपाली समुदायको व्यापार, व्यवसाय, पर्यटन, शिक्षा लगायतका क्षेत्रमा कानुनी अन्य र आवश्यक सहयोग र साथ दिने गरी जिम्मेवारी तोकिएको छ ।

सो कार्यक्रममा सियाटलमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति रहनेछन । कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने छ । सांस्कृतिक कार्यक्रममा सिंगर आंडगेलु शेर्पा र डिजे तेन्जीडको विशेष प्रस्तुति रहनेछन ।
शेर्पा लगभग दुई दशकभन्दा बढी समयदेखि अमेरिका बस्दै आउनु भएको छ । अमेरिका र क्यानडा दुवै देशमा आफ्नो व्यापार, व्यवसाय गरेका शेर्पाले नेपालको सोलुखुम्बु, सिन्धुपाल्चोकलगायत जिल्लामा शिक्षा, स्वाथ्य र स्थानीय सामाजिक काममा सहयोग गर्दै आएका छन् । नेपालको पूर्वी जिल्ला सोलुखुम्बुमा जन्मेर सानै उमेरदेखि अमेरिका रहनु भएका शेर्पाले विश्वको उच्च शिखर सगरमाथा लगायत विश्वका सात उच्च शिखर (सेभेन समिट) आरोहण गरिसक्नु भएको छ । वाणिज्य दुत शेर्पा सेभेन समिट फाउण्डेसनका अध्यक्ष पनि हुन । शेर्पा हिमाल आरोहणसम्बन्धि ७० देशका लागि प्रशिक्षक समेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू