अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२२ | Colorodo: 01:37

चलचित्र ‘काउसो’को निर्माण घोषणा

बिआरटीनेपाल २०७४ वैशाख २ गते ४:३५ मा प्रकाशित

मदन घिमिरेको निर्देशनमा चलचित्र ‘काउसो’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीको रातोपुल स्थित रक हाउस क्याफेमा आयोजित एक कार्यक्रममा चलचित्रको शुभ–मुर्हत गरिएको छ ।

बिभिन्न क्षेत्रका ब्याक्तिहरु उपस्थित रहेको कार्यक्रममा कलाकार सविन श्रेष्ठ, पुष्कर राउत, सुरेन्द्र चापागाई, अनु पराजुली लगायतका कलाकारले चलचित्र भित्र रहेने एक दृश्य अभिनय मार्फत दर्शाउदै मुर्हत सर्ट दिए ।

मुर्हतमा पत्रकार सानुकाजी श्रेष्ठले क्ल्याप पड्काउदा राजन घिमिरेले नरिवल फुटाए । सटको निर्देशन प्रदिप तिमल्सिनाले गरेका थिए ।
अर्नभ फिल्मस् पोडक्शनको दोश्रो प्रस्तुतिका रुपमा निर्माण हुन लागेको ‘काउसो’ यही १५ गतेबाट फ्लोरमा जानेछ । सविन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, सनि भट्टराई, शान्ताराम थापा, सुरेन्द्र चापागाई, पुष्कर राउत, रोहिणी मिश्र, रामचन्द्र अधिकारी, रामभक्त श्रेष्ठ, उग्रशेन ढुंगाना, नविन आचार्य, गौतम भण्डारी लगायतको अभिनय चलचित्रमा रहनेछ ।

‘काउसो‘का प्रस्तुतकर्ता अर्नभ वस्नेत हुन् भने निर्माता भगवान खत्री रहेका छन् । चलचित्रमा पटकथा, सम्वाद भोजराज देवकोटा, संगीत विकास चौधरी, नृत्य हरिष खनाल, छायाँकन रामेश्वर हुमागाई, प्रोडक्शन डिजाईनर सूर्य बुढाथोकी रहेका छन् ।

प्रतिक्रिया