अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०५ | Colorodo: 01:20

वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम

बिआरटीनेपाल २०७४ वैशाख १ गते १०:२३ मा प्रकाशित

आर पि मैनाली, काठमाडौँ

नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो २४ औँ वार्षिकोत्सवको अवसर पारेर विविध कार्यक्रमहरूको आयोजना गरेको छ । नर्भिक इन्टरनेशनल हस्पिटल यही २०७४ वैशाख १ देखि २४ वसन्त पार गरी २५ औँ वर्षमा प्रवेश गरेको छ । हस्पिटलले गत शनिवार (चैत २६, २०७३) को दिन एक वृहत् साइकल ¥यालीको आयोजना ग¥यो । नेपाल साइक्लिङ्ग एसोसिएसनसँगको सहकार्यमा आयोजना भएको साइकल ¥यालीमा करिब डेढ सयजनाको सहभागिता रहेको थियो । उक्त ¥याली शनिवार बिहान नर्भिक प्राङ्गण थापाथलीबाट सुरु भएर त्रिपुरेश्वर चोक, सुन्धारा, जमल, कमलादी सडक, कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशला, बत्तीसपुतली चोक, मध्य बानेश्वर, नयाँ बानेश्वर, बबरमहुँदै नर्भिक प्राङ्गणमै आएर अन्त्य भएको थियो । कार्यक्रमलाई नर्भिक इन्टरनेशल हस्पिटलका कार्यकारी निर्देशक श्री राजेन्द्रवहादुर सिंह र नेपाल साइक्लिङ्ग एसोसिएसनका अध्यक्ष छिमी उरक्र्येन गुरुङ्गले सम्बोधन गर्नुभएको थियो । साथै कार्यकारी निर्देशक सिंहले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

यसै गरी गत आइतबार (२०७३, चैत्र २७ गते) का दिन रक्तदान कार्यक्रमको आयोजना गरियो । नर्भिक इन्टरनेशनल हस्पिटल र लायन्स क्लब अफ काठमाडौँ हारती माताको संयुक्त आयोजनामा नर्भिक प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक श्री राजेन्द्रवहादुर सिंहलगायत हस्पिटलमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो । रक्तदान शिविरमा जम्मा ५७ जना कर्मचारीहरुले रक्तदान गरेका थिए भने रक्तदाताहरु मध्ये नर्भिकको हाउस किपिङ्ग विभागका प्रबन्धक रोहिणी भट्टराईले ५५ पटक रक्तदान गर्नुभयो ।

हस्पिटलले २०७४ वैशाख १ गते शुक्रवार वार्षिकोत्सवको दिन पारेर एक विशेष प्रभातफेरि कार्यक्रमको आयोजना ग¥यो । स्वस्थ तन र मन सहित रोग रोकथामबारे जनचेतनाको अभिवृद्धि गराउन आयोजित प्रभातफेरि शुक्रवार बिहान ७ बजे नर्भिक प्राङ्गणबाट सुरु भई त्रिपुरेश्वर चोक, सुन्धारा, रत्नपार्क, भद्रकाली मन्दिर, सहिद गेट हुँदै फेरि नर्भिक प्राङ्गणमै आएर अन्त्य भएको थियो । कार्यक्रममा १४० जना सहभागी रहेका थिए । आज (शुक्रवार) सम्पन्न प्रभातफेरि कार्यक्रमको नेतृत्व नर्भिकका संस्थागत सञ्चार नायव महाप्रबन्धक आरपी मैनालीले गर्नुभएको थियो । आजै नर्भिक हस्पिटलको अन्तरङ्ग सेवा प्राप्त गरिरहेका प्रत्येक शैय्याका बिरामीहरूलाई स्वास्थ्यवर्धक फलफुलका प्याकेट समेत वितरण गरिएको थियो ।

यसका साथै आगामी वैशाख ४ र ५ गते का.म.पा. ९ स्थित फुटसलमा आन्तरिक फुटसल र भलिबल प्रतियोगिता समेत गरिने कार्यक्रम रहेको छ ।

हस्पिटलले २०७४ वैशाख ९ गते शनिवार विशेष कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव कार्यक्रमको समापन गर्दैछ । सम्माननीय उपराष्ट्रपति श्री नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा आयोजना हुने कार्यक्रम बिहान १०ः३० बजे नर्भिक हस्पिटल परिसरमा सुरु हुनेछ । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा माननीय स्वास्थ्य मन्त्री श्री गगनकुमार थापाज्यूको उपस्थिति हुने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू