अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

क्यानडाका मित्र काफ्लेद्धारा विन्धवासीनी मन्दिरका लागी भुमिदान

बिआरटीनेपाल २०७३ चैत ३० गते २१:५१ मा प्रकाशित

लामो समयदेखि क्यानडामा बस्दै आएका समाजसेवी मित्र काफ्लेले काठमाण्डौंको सतुगंलमा बन्न लागेको बिंध्यावासिनी मन्दिर तथा पहिलो आध्यात्मिक विश्व विद्यालय का लागी भुमिदान गरेका छन् ।
उनले मन्दिर निर्माणका लागी राखिएको संकल्प अनुसारको भूमि दान गरेका हुन । केही समय अघि क्यानडा भ्रमणमा गएका आध्यात्मीक विश्वविद्यालयका अभियान-कर्ता ” नेपाली बाबा ” जगताचार्यले काफ्लेसँग राखेको प्रस्तावलाई स्विकार्दै क्यानडावाटै भुमिदान संकल्प बराबरको रकम दान गरेका हुन भने काठमाडौँ आएको मौका पारी माटो पूजा गरी बिधिबत् भुमिदान् गर्ने काफ्लेले बताए |

भुमिदानको लागी काफ्लेले क्यानडावाटै संकल्प गरेपछि जगनाचार्यले उक्त मद्धतले मन्दिर निर्माण मा अरुधेरै को सहयोग बढ्ने बताए । नेपाली बाबाले भने, –‘काफ्लेजीले गरेको सहयोग निकैनै प्रसंसनिय छ, यो सहयोगले मन्दिर निर्माण कार्यलाई महत्त्वपूर्ण मद्धत पुगेको छ ।’

केही समय अघि नेपाल आएको वेला विभिन्न संघसस्थालाई १०सौ लाख बराबरको सहयोग गरिसकेका काफ्लेले निर्माण हुन थालेको बिंध्यावासिनी मन्दिर व्यवस्थापन समितिको आजिवन सदस्य समेत वनिसकेका छन् । उनले मन्दिर निर्माणमा हरेक नेपाली मनले सहयोग गरेको खण्डमा चाडैनै सम्पन्न हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू