अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१५ | Colorodo: 08:30

धर्म निरपेक्षता गराउन र मुलुक विखण्डन गर्न कुन-कुन नेताहरुले कति लिए ?

बिआरटीनेपाल २०७३ चैत २८ गते २:५२ मा प्रकाशित

 

¬वि.सं. २०६२\०६३ सालको जनआन्दोलन पछिको राजनीतिक अवस्था घिन लाग्दो र मुटु छिया छिया हुन्छ । हाम्रो देश डुब्न लाग्यो नागरिकहरु लौ न बचाई देउ । हाम्रो देश डुब्न लाग्यो नागरिकहरु लौ न बचाई देउ ।

वि.सं. २०६२\०६३ पछि राजनीतिक दलहरुका नेताहरुको कारणले आजसम्म थुप्रै नागरिकहरु मारिएका छन् । मुलुकमा राजनीतिक दलहरुको नेताहरुको कारण मुलुकको अखण्डता र स्वाधिनता धरापमा पर्दै गएको देखिन्छ । परिस्थिति र समस्याहरु असहज बन्दै गएको देखिन्छ ।

प्रधानमन्त्री समेत मन्त्रीमण्डल, सांसद र राजनीतिक दलहरुका नेताहरुका कारण मुलुकको स्वाधिनता धरापमा परेको छ । नेपालमा संविधान निर्माण गर्ने सभासदहरु,सांसदहरु र नेताहरुले नै संविधान–२०७२ लाई नमानि रहेको र पालना नगरेको अवस्था छ । यसकारण नेपालमा संविधान सभा बाट वि.सं. २०७२ साल असोज ०३ गते जारी संविधान मरिसकेको छ ।जस्तैः २५ जनाभन्दा बढी मन्त्रीमण्डल विस्तार गर्न पाइदैन । तर बढी मन्त्रीमण्डल विस्तार गरेका छन् ।

सत्ता लिप्सा बाँडफाँटको भागबण्डामा नौ महिना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पालो, नौ महिना नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पालो यसपछि भागबण्डाको पालो कस्को ?

विक्रम सम्वत् २०७२ सालअसोज ३ गते जारी भएको संविधान हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै हो ।यो संविधान दिर्घकालिन सम्म टिकाउ संविधान होइन । यो संविधान फेल भएर जानेछ । विश्वकको एक मात्र हिन्दु राष्ट्र रहेको नेपाल हाम्रो मुलुक थियो । धर्म निरपेक्षता लादियो

मुलुकको राष्ट्रिय अखण्डता र स्वाधिनतालाई प्रधानमन्त्री, मन्त्री, सांँसद र नेताहरुबाट धरापमा पार्ने काम भएको छ । यसका लागि दोषी र जिम्मेवार हामी नागरिकहरु छौ ।यस्तै अवस्था मुलुकको रहि रहने हो भने रुवान्डा, सिरिया, अफगानिस्तान, हाइटी, टर्की, लेवनान, सुडान र इथोपिया आदि आदि जस्ता राष्ट्र हुन के बेर । कति समय लाग्छ र ?सपार्नलाई समय लाग्छ । तर बिग्रनलाई पल भर समय पनि लाग्दैन यसकारण बेलामा आम नागरिकहरु सचेत र जागरुक हुन जरुरी छ ।

वि.सं. २०५२ साल देखिको द्वन्द्वमा माओवादीका पुष्पकमल दाहाल (प्रचण्ड) आदि आदि जस्ता राष्ट्रघाती र गद्दार नेताहरुको कारण मुलुकको विकास २०÷३० वर्ष पछाडि धकेलिएको छ । नेपालको सबै राजनीतिक पार्टी भित्र राष्ट्रघाती र गद्दार नेताहरु छन् । राष्ट्रघाति र गद्दार नेताहरुको संविधान संशोधनले मुलुकको राष्ट्रिय अखण्डता र स्वाधिनतालाई धरापमा पार्ने काम गर्दछ । अब हाम्रो मुलुकको रक्षा सेनाले नै गर्न सक्छ । विश्वमा कतै नभएका नेपालका नागरिकहरु अवसरवादी, स्वार्थी र सत्ताको पूजारी छन् ।

सेनाहरुले राजनीतिक दलहरुका नेताहरुलाई सोध्नै पर्छ । वि.सं. २०६२\०६३ को जनआन्दोलनमा मुलुकलाई धर्म निरपेक्षता गर्न र हाम्रो मुलुक विश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान हटाउनलाई कति डलर र पाउण्ड लिए । अब मुलुकलाई विखण्डन गर्न कति डलर र पाउण्ड लिएका हुन् ।

नेपालको राष्ट्रिय अखण्डता, एकता, सार्वभौमसत्ता, स्वाधिनता, प्रजातन्त्रको रक्षा, पाँच प्रदेश, हिन्दु राष्ट्र कायम गर्न, राज्यकोष ढुकुटी दुरुपयोग, भ्रष्टाचार र दण्डहिनताको अन्त्य गर्न, मनपरीतन्त्र र छाडातन्त्र आदि आदि जस्ता विकृतिहरु हटाउन मुलुकको हित र रक्षाका लागि श्री ५बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र , जंगबहादुर राणा र सैनिक शासन आदि आदि जस्ता राष्ट्रवादी नयाँ शक्तिको आवश्यकता(Requirement of Rise Nationalist New Power) रहेको छ ।
नोट : २०७३ साल असोज ०३ गते बिहान ९ बजे जिल्ला
– संविधानको श्राद्ध जिल्ला पर्साको बिरगंजमा वि.सं. २०७३ साल श्रावण २० गते गर्दा प्रहरीद्धारा पक्राउ,
– संविधानको श्राद्ध जिल्ला रौतहट चन्द्रनिगाहपुरको चपुरमा वि.सं. २०७३ साल भाद्र ६ गते,
– संविधानको श्राद्ध जिल्ला मकवानपुरको हेटांैडामा वि.सं. २०७३ साल भाद्र ९ गते संविधानको श्राद्ध गरियो ।
नोट : २०७३ साल चैत्र २६ गते बिहान ९ः०० बजे जिल्ला सुनसरी,इटहरीको रेयुकाइ चौतारामासाबिक जिल्ला बर्दिया गुलरिया न.पा. ६ हाल जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. २बस्ने स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्माले राष्ट्रवादी नयाँ शक्तिका लागि पाञ्चायन पुजा गरेका छन् । पुजा पण्डित कृष्ण प्रसाद दाहालले गराएका छन् ।

प्रतिक्रिया