अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१९ | Colorodo: 15:34

उद्योगपति बिनोद चौधरी अमेरिकाको युएनए सम्मेलनमा मुख्य प्रवक्ता रहने 

बिआरटीनेपाल २०७३ चैत २६ गते ५:५१ मा प्रकाशित
नेपालका एक मात्र अर्बपति तथा उद्योगपती बिनोद चौधरीले अमेरिकाको टेक्सस युएनए सम्मेलनमा लगानी तथा उद्यम बिषयक बहसमा मुख्य वक्ता हुने भएका छन् l  युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )को सम्मेलन आगामी मेमोरियल डे (स्मारक दिवस )को सप्ताहमा अमेरिकाको टेक्सस राज्यको ड्यालसमा मे २६ देखि २८ तरिखमा हुने भएको छ l
 
टेक्सस ड्यालसमा युनाइटेड नेप्लिज एसोसिएसनले आयोजना गरेको दोश्रो बार्षिक सम्मेलनमा चौधरी प्रमुख अतिथि समेत रहेका छन् l कार्यक्रम मे २७ तारिख ३ :३० देखि ६ बजे सम्म कार्यक्रम स्थल शेराटन ड्यालस फोर्टवोर्थ एयरपोर्ट नर्थ टेक्ससमा हुने भएको छ l 
 
उक्त कार्यक्रममा सहभागी हुने प्रत्येक समुहले दर्ता शुल्क दुई सय डलर दस्तुर तिर्नु पर्ने छ l कार्यक्रम संचालन बिएन पन्तले गर्ने भएका छन् भने अन्य कार्यक्रममा वक्ताहरुको छलफल ,नेपाल र बिश्व भर लगानीका अवसर आदि बिषय बस्तुमा बहस कार्यक्रम तय गरिएको छ l 
 
युएनए का संस्थापक सभापति पासांग लामाले उद्योगपति चौधरी जस्तो व्यक्तित्व समय व्यवस्थापन गरि केहि समयको अन्तराल पछि पुन : अमेरिका आउनु भनेको हाम्रो लागि अवसर भएको बताए l यस्तो मौका पटक पटक नआउने भएकोले वहाका उत्प्रेरणादायक कथा ,अनुभव र जीवनका भोगाई बाट नै धेरै कुरा सिक्न पाईने हुनाले सबैलाई सहभागी हुन् आव्हान गरेका छन् l 
 
लामाले आगामी सम्मेलनको आयोजना अधिकांश युवाहरुले गरेकोले उनीहरुमा अद्भुत शक्ति ,आँट ,जोश र जाँगर हुने भएकोले उनीहरुको काँधमा जिम्मवारी गत बर्ष दिएको जस्तै दिएको बताए l
 
युएनए संस्था गैर राजनैतिक, गैर धार्मिक ,जातिय वा क्षेत्रीय सोंचबाट मुक्त रहेको बताउदै सम्मेलनमा सबैलाई सहभागी हुन पुन:अनुरोध गरेका छन् l सम्मेलनमा बहस ,साहित्य ,बालबालिकाका कार्यक्रम ,बिभिन्न मंचका कार्यक्रम ,खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना हुने छ l 
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू