अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०० | Colorodo: 23:15

दौत्य सम्बन्ध ७० वर्ष पुगेको उपलक्ष्यमा अमेरिकी दूतावासद्वारा नेपालमा सांस्कृतिक मेला

बिआरटीनेपाल २०७३ चैत २५ गते ८:२३ मा प्रकाशित

 

अमेरिका तथा नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको उपलक्ष्यमा अमेरिकी दूतावासले सांस्कृतिक मेलाको आयोजना गर्ने भएको छ । अमेरिकी दूतावासले भोली (शनिबार)जावलाखेल स्थिीत स्टाफ कलेजमा सांस्कृतिक मेलाको आयोजना गर्ने भएको हो ।

विहान ११ देखि ५ बजेसम्म सञ्चारलन हुने मेलामा अमेरिकी ग्राफिटी चित्रकार गेब्रिएल स्पेक्टरका साथै लोकप्रीय नेपाली साङ्गीतिक समूह तथा कलाकारहरूको सहभागिता साथै प्रत्यक्ष ग्राफिटी (भित्तेलेखन) चित्रकला, साङ्गीतिक प्रस्तुति, ब्रेक डान्स, स्केटबोर्ड स्टन्ट तथा कविता वाचन विशेष आकर्षणका रूपमा रहने छ ।

त्यस्तै मेलामा युवा तथा सामाजिक संस्थाहरूले विभिन्न बुथ सञ्चासलन गरी लोकतन्त्र, निर्वाचन, युवा अभियान तथा उद्यमशीलता लगायतका विषयमा जानकारी समेत प्रदान गर्नेछन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू