अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

अमेरिकाद्वारा सिरिया बिरुद्ध क्रुज क्षेप्यास्र हमला सुरु

बिआरटीनेपाल २०७३ चैत २५ गते १:०३ मा प्रकाशित

सयुक्त राज्य अमेरिकाले सिरिया बिरुद्ध क्रुज क्षेप्यास्र प्रहार गर्न थालेको छ । सिरियाली सरकारले रसायन हतियार प्रयोग गरि सयौं बालबालिका सहित नागरिकको मृत्यु र ४०० जना भन्दा बढि घाईते हुनेगरि क्षेप्यास्र प्रहार गर्न सुरु गरेपछि अमेरिकाले बिहिबार राति देखि देखि सिरिया बिरुद्ध क्रुज क्षेप्यास्र प्रहार गर्न थालेको हो ।

अमेरिकी अधिकारीका अनुसार पचासभन्दा धेरै टोमाहक क्षेप्यास्त्र भूमध्यसागरमा रहेको अमेरिकी नौसैनिक युद्धपोतबाट प्रहार गरिएका छन्।

यस घटनालाई लिएर सयुक्त राष्ट्र संघका लागि अमेरिकाकी राजदुत निक्की हेलिले समेत सयुक्त राष्ट्र संघमा रसायनिक हातहतियार प्रयोग गरिएको बालबालिकाको तस्बिर सहित देखाउदै अरुले सिरिया माथि कारवाही गर्दैन भने अमेरिकाले कदम चाल्ने बताएकी थिइन् ।

अमेरिका राष्ट्रिय पत्रपत्रिकाका समाचार अनुसार युएस सैनिकले कम्तिमा पनि ५० टोमाहक क्षेप्यास्र प्रहार छ । सीएनएनका अनुसार सिरियाको हवाई धावन मार्ग ,इन्धन स्थानमा पूर्वीय भूमध्य सागरको युद्धबाट गरिएको जनाएको छ ।

यसअघि अमेरिकी अधिकारीहरुले सिरियामा गरिएको रासायानिक आक्रमणको प्रतिक्रियामा सम्भावित सैनिक कदमबारे विचार गरिरहेको बताएका थिए।

अमेरिकी क्षेप्यास्त्रहरुले मंगलबार रासायनिक आक्रमणका लागि प्रयोग गरिएको भनिएको सेराहत स्थित हवाई अखडामा आक्रमण गरेको अधिकारीहरुलाई उदृत गर्दै उल्लेख गरिएको छ।

मंगलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले भावी दिनमा सिरियाली नेता बसर अल असदको सत्तामा कुनै भूमिका नहुने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू