अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

नेपाली घरको निर्वाचन सम्पन्न गर्न निर्वाचन कमिटी गठन

बिआरटीनेपाल २०७३ चैत २३ गते २२:१७ मा प्रकाशित

नतिबाबु भट्ट, कोलोराडो, अमेरिका
कोलोराडोमा सक्रिय सामाजिक संस्था नेपाली घरको नयाँ कार्य समिति चयन सफलताका साथ सम्पन्न गर्न एक निर्वाचन कमिटी गठन गरिएको छ ।

संस्थाको बुधवार साँझ सम्पन्न कार्य समितिको बैठकले राजेन्द्र शर्माको संयोजकत्वमा ३ सदस्य निर्वाचन कमिटी गठन गरिएको हो । कमिटीका अन्य सदस्यहरूमा वासुदेव दाहाल र ज्ञानेन्द्र काफ्ले रहेका छन् ।  बैठकले संस्थाको आगामी चुनावमा भाग लिन तथा मताधिकार प्रयोजनका लागी इच्छुक ब्याक्तिहरुलाई आगामी अप्रिल ३० भित्र सदस्यता नविकरण तथा नयाँ सदस्यता लिनसक्न सबैलाई अनुरोध गरेको छ । साथै संस्थाको वार्षिक साधारण सभा आगामी मे २८ मा सम्पन्न गर्ने र कार्य समितिको चुनाव जुन २५ मा सम्पन्न गर्ने यस अघिनै निर्णय भई सकेको छ ।

संस्थाको मार्च २५ मा संम्पन्न बैठकले आगामी कार्य समितिको निर्वाचन सम्पन्न गर्न निर्वाचन कमिटीको नाम सिफरिसको लागी ५ सदस्य रहेको छनौट समिति गठन गरेको थियो । अध्यक्ष योगराज गौतम, उपाध्यक्ष द्धय नातीबाबु भट्ट तथा राज ढुङ्गाना, महासचिव लक्षुमण राना र कोषाध्यक्ष जगदिश ढकाल रहेको समितिले सिफारिस गरेको ३ जनाको नाम कार्य समितिको बैठकले सर्बसम्मतले अनुमोदन गरेको हो ।

नेपाली घरमा हाल ५० जना आजिवन सदस्य, ५५ फेम्ली सदस्य, ४८ जना साधारण सदस्य र ४ जना मानार्थ सदस्य रहेका छन् ।

प्रतिक्रिया