अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

५ प्रतिशत नेपालीहरूको छाता सङ्गठन नबनोस एनआरएन अमेरिका -सुनिल मणी दाहाल

बिआरटीनेपाल २०७३ चैत १९ गते १२:५४ मा प्रकाशित

अध्ययनले के देखाउछ?

साउथ एसियन रिसोर्स सेन्टर र सेतोपाटी ग्लोबलले गरेको एक अध्ययनले अमेरिकामा ३ लाख १५ हजार ९ सय ८० नेपाली रहेको तथ्याक सार्वजानिक भए पछि नेपालीहरू बिच चर्चा सुरु भएको छ । यो अमेरिकामा बसोबास गरेका नेपालीहरूको कूल सङ्ख्या हो जस भित्र स्थाई बसोबास गर्ने, पढन आएका बिध्यार्थीहरु , घुम्न आएका नेपालीहरू र अन्य माध्यमबाट अमेरिका प्रवेश गरेका कागजात बिहिन नेपालीहरू रहेको साउथ एसियन रिसोर्स सेन्टरले जनाएको छ ।

यस विश्लेषणको श्रोतमा सेन्सस ब्युरो, होमल्याण्ड सेक्यरिटी, स्टेड डिपार्मेन्ट, सीडीसी, विश्व बैक, माईग्रेसन पोलेसी इन्स्टीच्युट, इन्टरनेशनल एनुकेसन एक्सचेन्ज, ट्रयाकइमिग्रेसन, एनसीएएल र यूएनएचसीआरले उपलब्ध गराएको रिपोर्ट प्रमुख रहेको दुवै अध्ययनकारी सस्थाहरुले जनाएका छन् ।

हिजो मात्र सार्वजनिक भएको यस अध्ययन अनुसार सन २००० र सन २०१० को गणना अनुसार अमेरिकामा नेपालीहरूको सङ्ख्या १० वर्षमा ५३३% बढेको तथ्याकं देखाएको छ । सन २०१४ को अनुमानित नेपालीहरूको सङ्ख्या १ लाख १० हजार रहेको समेत सेन्ससले जनाएको छ । यसमा भिजीटर भिसामा आएका नेपाली, अध्यनकालागी आएका नेपाली बिध्यार्थीहरु र अवैधानिक रूपमा स्थल मार्ग हुँदै अमेरिका भित्रिएका नेपालीहरूको सङ्ख्या समावेश नभएको उक्त अध्ययनले जनाएको छ ।

उक्त अध्ययनमा तयार पारेको विश्लेषण र तथ्याकंले करिब ६६ हजार नेपाली बिध्यार्थीहरु उच्च शिक्षाका लागी अमेरिका आएको जनाएको छ । यो सङ्ख्या सन २०१० देखी सन २०१६ भित्र अध्ययन गर्न आएका नेपाली बिध्यार्थीहरु भएको जनाईएको छ ।

माथिको तथ्याकंलाई हेर्ने हो भने सन २०१०-२०१६ मा उल्लेखनीय नेपालीहरूको उपस्थिति भएको देखिन्छ । ट्रयाक इमिग्रेसनले उपलब्ध गराएको तथ्याकं अनुसार सन २०१० यता भिजीटर भिसा र स्थलमार्ग हुँदै अमेरिका आएर प्रतिवर्ष सरदर ११ हजार ७३ नेपालीले असाइलमकालागी आवेदन दिने गरेका छन् । सन २०१० देखि २०१६ सम्ममा असाइलम मार्फत ग्रिन कार्ड पाएका नेपाली र उनीहरूको परिवार (सरदरमा २ जना मात्रै) को गणना गर्ने हो भने असाइलम मार्फत मात्रै अमेरिका पुग्ने नेपालीहरूको सङ्ख्या १ लाख २७ हजार हुन आउने उक्त अध्ययनले देखाएको छ। त्यस्तै उक्त अध्ययनले गत ६ वर्ष को अवधिमा ६६ हजार नेपाली बिध्यार्थीहरुहरु अमेरिकामा पढन आएको देखाएको छ । यसलाई औसतमा लिदा प्रति वर्ष १० हजार नेपाली बिध्यार्थीहरुहरु पढन आउने गरेको देखिन्छ । त्यस्तै गत ७ वर्ष मा डिभी लोटरी मार्फत स्थाई बसोबासका लागी अमेरिका आउने नेपालीहरू को सङ्ख्या १ लाख ३९ हजार २ सय ७८ जनाईएको छ ।

उक्त रोचक तथ्याकंले अमेरिकामा ४८ हजार अवैधानिक नेपाली रहेको सार्वजनिक भए पछि यिनीहरूको वर्तमान अवस्था र उचित व्यवस्थापनका लागी नेपाली समुदाय बिच चासो बढेको छ ।

एनआरएन अमेरिकाको गिरदो साख बचाउने अवसर :
अमेरिकाका नेपालीहरूको छाता सङ्गठन – गैर आवासीय नेपाली सङ (एनआरएन एसिसि) को भर्खरै मात्र सदस्यता नविकरण गरिएको सङ्ख्या १६,८८१ लाई हेर्ने हो भने अमेरिकामा बसोबास गर्ने कूल नेपाली सन्ख्या ३,१५,९८० को ५ प्रतिशत मात्र हुन आउँछ । यो अत्यन्त न्यून सङ्ख्या हो जसले एनआरएन अमेरिकाको अस्तित्व माथि प्रश्न खडा गरेको छ ।

हिजो भर्खरै मात्र सार्वजनिक भएको रोचक तथ्याकंले अमेरिकामा ४८ हजार अवैधानिक नेपाली रहेको सार्वजनिक भए पछि यिनीहरूको वर्तमान अवस्था र उचित व्यवस्थापनका लागी एनआरएन अमेरिकाको रणनितिक एव प्रभावकारी भूमिकाको लागी दबाब सृजना गरेको छ । यदि एनआरएन अमेरिकाले आफू लाई प्रवासी नेपालीहरूको हितका लागी स्थापना भएको संस्था मान्दछ भने कागाज बिहिन नेपालीहरूको उचित व्यवस्थापनको जिम्मेवारी बाट पन्छिन मिल्दैन ।

अत्यन्त विवाद र किचलोका बिच एनआरएन अमेरिकाको आगामी कार्यकालका लागी हुने निर्वाचन समेत प्रभावित हुन सक्ने वर्तमान अवस्थामा जम्मा ५ प्रतिशत नेपालीहरू लाई समेटी कसरी नेपालीहरूको छाता सङ्गठन हुन सक्छ , यस तर्फ ध्यान केन्द्रित हुनु आवश्यक छ । अर्का तर्फ , आपसी स्वार्थ र मनमुटाबले एनआरएन अमेरिकाको सेवा भाव मा ह्रास आएको छ , संस्था बदनाम हुन गै नेपाली भाषी बिच यसको महत्त्व र आस्था माथि अविश्वास सृजना हुन गएको छ ।

विवाद र छलफल हुनु र समाधानका बाटा हरू खोज्नु प्रजातान्त्रिक पद्धति भित्रका पाटा हुन, तथापि लामो विवाद र जुगाको लडाइमा समय दिनु भन्दा अमेरिका भित्रका नेपालीहरूको हितका लागी खास गरी उच्च शिक्षाका लागी अमेरिका आएका नेपाली बिध्यार्थीहरु र कागजबिहिन नेपालीहरूका लागी एक विशेष अभियान थाली एनआरएन अमेरिकाले ठोस भूमिका निर्वाह गर्दै नेपालीहरूको मन भित्र पस्न सक्नु पर्दछ । प्रतेक नेपालीहरू लाई प्रवासमा अविभावित्व प्रदान गर्न सक्नु नै एनआरएनको ठुलो उपलब्धि हुने छ ।

अमेरिकामा देखिएको बढदो नेपालीहरूको उपस्थिति र नगन्य सरहका सदस्य रहेको अमेरिकाका नेपालीहरूको छाता सङ्गठन – गैर आवासीय नेपाली सङलाई नेपालीहरू प्रति समर्पित हुन र उत्तरदायी हुन अझै मौका छ । अबको दिनमा चुनावी रणनीति तर्फ अश्वस्थकर रूपमा प्रतिस्पर्धाका लागी खटनु भन्दा प्रवासी नेपालीहरूको लागी वास्तविक सेवा र सहयोगमा ध्यान दिनु एनआरएन अमेरिकाको गिरदो साख बचाउने एक माध्यम हुन सक्छ ।

प्रतिक्रिया