अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

शेरबहादुर देउबालाइ खुला पत्र – सिमा पोख्रेल कार्की

बिआरटीनेपाल २०७३ चैत १९ गते १२:३४ मा प्रकाशित

स्वयम्भुका आँखाहरू रोइरहेका छन् । आफ्ना पक्षपाती र स्वार्थी एजेण्डाहरुको वकालत गरिरहेका उच्च नेतृत्वमा पुगेका नेताहरूको भ्रष्टाचार र निर्दयताको कारण राज्यमा विध्वंस मच्चिरहेको छ । विश्वभर शान्ति र प्रेमको ज्योेति पैmलाउने भगवान् गौतम बुद्धको जन्मभूमिमा जन्मिन पाउनु हाम्रो लागि साह्रै शौभाग्यको कुरा हो । उनको सन्देश र शिक्षाले कैयौँले निर्वाण प्राप्त गरे र वास्तविक आन्तरिक शान्तिको महसुस गरे । आध्यात्मिक रूपमा समाजको ठुलो समूहले बुद्धका प्रभावशाली शिक्षाको अनुसरण गरिरहेका छन् । पवित्र बुद्धभूभि नेपाल अद्भुत आध्यात्मिक गन्तव्यमध्येको एक हो त्यसैले संसारभरका मानिसहरू आध्यात्मिक शक्तिको पराकम्पनको महसुस गर्न सकिने पवित्र तीर्थस्थलहरुको भ्रमण गर्न लालायित छन् ।

आनन्दमग्न “स्वम्भुका आँखाहरू”, त्यो स्तुप जसले भगवान् बुद्धका शान्ति र प्रेमका सन्देशहरु फैलाउने काम गरिरहेका छन्, आज रसाइरहेका छन् । त्यसै गरी नकारात्मक शक्तिको विनाशक भनेर पुजिने भगवान् शिव पनि राजनैतिक नेताहरूको निर्दयी र विनाशक कार्य मुकदर्शक भएर हेरिरहेका छन् । कति लाजमर्दो कुरा इमान्दार र मेहनती राष्ट्रसेवक कर्मचारीहरूलाई बलिको बोको बनाउँदै उनीहरूका स्वार्थी एजेण्डाको वकाल गर्न बाध्य बनाई भ्रष्टाचार र घुसखोरीमा संलग्न गराई व्यक्तिगत सम्पत्ति जम्मा गरिरहेका छन् नेपालका नेताहरू । निर्दोष जनताहरू बर्षौंदेखि उनीहरूको सिकार भइरहेका छन् । राजनैतिक अहमी नेताहरूको हठस्वरुप उत्पन्न भएका तथाकथित आन्दोलनमा परी थुप्रै निर्दोष नागरिकले ज्यान गुमाएका छन् ।

आदरणीय नेतृत्वबर्ग !
अधिकारको दुरुपयोग गरी देशभक्त, मेहनती, इमान्दार र तेजस्वी कर्मचारीलाई कति हदसम्म सिकार बनाउँछौं? सहनशीलताको सीमालाई कति हदसम्म तन्काउँने? जनताको रक्षाकवचको रूपमा रहेको कानुनको अनुसरण नगर्नु नैतिक रूपमा निकै लाजमर्दो विषय हो आजको सूचना साम्राज्यको युगमा ।

शेर बहादुर देउबा जी, तपाईहरु जनताको लागि राजनीति गर्ने मान्छे, जनताको भावना अनुसार चल्नु पर्छ, सर्वोच्चले परमादेश लागु गरिसकेको अवस्थामा तपाईँको काम सरकारलाई तुरुन्त कार्यान्यन गर्न सुझाव दिनु हो न कि नगर्न हस्तक्षेप गर्ने I  तपाईँ पहिलो चोटि प्रधानमन्त्री सर्वोच्चको फैसलाबाट नै २०५२ साल भदौमा  हुनुभएको हो भुल्नु भएन I  सरकारलाई आफ्नो काम गर्न दिनुस र त्यही सर्वोच्चको आदेश कार्यान्यन गर्न सरकारलाई सहयोग गर्नुस I

यदि शासकले नै कानुन पालना गर्दैनन् भने जनतालाई कानुन पालना गर भनेर भन्ने नैतिक आधार रहन्छ र ? कृपया भ्रष्टाचारले अँध्यारोतिर गइरहेको मुलुकलाई उजिल्याउन कम्तीमा बनेका कानुनको पालना गर्ने न्यूनतम नैतिकता त कायम होस् । राजनैतिक नेतृत्व वर्गको आपसी कलह, भ्रष्टाचार, कानुन पालनामा देखिएको उदसिनता, जनताका रगत पसिनाबाट जम्मा गरिएका रकमको दुरुपयोग तथा भ्रष्टाचार गरी धनी हुने नीच विचार आदिदेखि जनता वाक्कदिक्क भइसकेको छन् । जबसम्म लोभी पापी मानसिकताबाट ग्रसित नेतृत्व वर्ग लोभ, घमण्ड र आपराधिक सोचमा टाँस्सिईरहन्छन् तवसम्म देश र जनताको उज्ज्वल भविष्यको कल्पना गर्नु व्यर्थ हुनेछ । नेताहरूको झूठको खेती र ठगीको पहिचान गरी त्यसबाट जोग्गिन नेपाली जनता अव सचेत हुनु जरुरी छ किनकि नेताहरूले आम जनतालाई चतुरतापूर्वक भुलभुलैयामा राख्छन् र एकअर्कामा लडाउँछन् । कृपया भीडको पछि लागी नठगिनु होला बरु सावधानीपूर्वक सत्य आवाज उठाउनुहोला ।

हालैको आइजिपी छनौट-बढुवाको प्रक्रियालाई अविलम्ब अगाडी बढाउनु जरुरी भइसकेको छ । सर्वोच्च अदालतको आदेशानुसार पहिले गरिएको नियुक्ति बदर भइसकेपछि सोही मुताविक नयाँ नियुक्ति तुरुन्त गरिनु निकै आवश्यक हुन्छ । अव कानुनको पालना गर्ने, योग्यता, दक्षता र रोलक्रमको सार्वभौम सत्यलाई स्वीकार गरी जनआवाजलाई आत्मसात गर्दै सिलवालको नियुक्तिलाई अगाडी बढाउनु आवश्यक भइसकेको छ । नेपाल इमान्दारितापूर्वक कानुनको पालना गर्ने हैसियत राख्छ जसले निडरतापूर्वक निर्दोष जनताहरुको शोषण गरिरहेका उच्च पदस्थ कर्मचारीहरुमा पनि भय पैदा गरी कानूनपालनामा कडाई गर्नेछ ।

“समस्त लोक सुखिन भबन्तु”

अङ्रेजिमा

प्रतिक्रिया