अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०४ | Colorodo: 22:19

एनआरएन अमेरिकाका पदाधिकारीहरुद्वारा सदस्यको सम्मान गर्न आब्हान

बिआरटीनेपाल २०७३ चैत १६ गते १२:४७ मा प्रकाशित

आदरणीय अमेरिकाबासी गैर आवासीय नेपाली दाजुभाइ तथा दिदी बैनीहरु,
विश्वका ७५ राष्ट्रमा फैलिएको गैर आवासीय नेपालीहरूको सङ्गठन हाम्रो समाजको स्ररक्षण, संवर्धन र विकासको लागी एउटा सशक्त एवं अपरिहार्य साझा सस्था बनिसकेको यहॉहरुलाई सर्वविदितै छ । विश्वभरि छरिएर रहेका हामीलाई हामी जहाँ अवस्थित छौ त्याहिकोलागि हाम्रो अस्तित्व एवं पहिचान स्थापित गरी हामीलाई एकत्रितगर्ने काम यही पवित्र संस्थाले मात्र गर्न सक्छ भन्नेकुरामा हामीमा दुईमत छैन । त्यसैले हाम्रो राष्ट्र राष्टियता तथा हाम्रो स्वयमको पनि अस्तित्व गासिएको यस् पवित्र संस्थालाई हामीले बचाउनु पर्छ त्यों हाम्रो ज़िम्मेवारी मात्रहोईन कर्तव्य पनि हो ।

सामाजिक सङ्गठनमा पनि विवाद त हुन्छन् नै बादबिबाद बाटै समस्याको समाधान निस्कन्छ तर बादबिबाद त्यस्तो हुनु भएन जसले सङ्गठनलाई दुरगामी असर गरोस । अहिले एनआरएनए अमेरिकामा अलि फरक ढङ्गले देखिएका मुद्दाहरूमा हाम्रो ध्यान आकर्षण भएको छ ।एन आर एन अमेरिकाको जुडिसियल कमिटीले गरेको अन्तिम निर्णयले एनआरएनमा २०१७ -२०१९ सदस्यता लियका कोही पनि आफ्नो मतिधिकारबाट बन्चित हुनु हुँदैन भन्ने हाम्रो भनाई हो । बनेका सदस्यहरूको मताधिकार सुरक्षित रहनेकुरामा हामी जिम्मेवार पक्ष संवेदनशील हुनु पर्छ , यस निर्णयलाई पूनरविचार गरी अगाडी बढ्नु पर्छ, अन्यथा ती बन्चित सदस्य कानुनी उपचार खोज्न बाध्य पार्नु न्यायसंगत हुँदैन जसले गर्दा यस सस्था प्रतिको सदभाब घटन जान्छ, हो हामी सस्थामा बसेका जिम्मेवार पक्षले तत्कालका हित नभए पनि सस्थाको लागि दूरगामी निर्णय गर्नु पर्दा पूर्णरुपमा आम पब्लिकबाट समर्थन नजुटन पनि सक्छ, समिति भित्र पनि केही सहमति र बिमति हुन सक्छन् । हामीहरूा माझ पनि नभएका हैनन । तर यस विषम परिस्थिमा हामीहरूले सस्थाको हितलाई केन्द्रमा राखेर निर्णय लिनु बेस हुन्छ भन्ने हाम्रो भनाई हो । यतिखेर सामाजिक सञ्जालमा धेरै क्रिया प्रतिक्रिया चलेकोले गर्दा हामीले यथार्त कुरा शुसुचित गर्नु हाम्रो जिम्मेवारी पनि हो !

भर्खरै हामीले एक महिना अगाडी मात्र टेक्सासमा साधारण सभा सम्पन्न गरेका थियौ । यति बेला पुन विशेष साधारण सभागर्नु पर्‍यो भने हाम्रो चरकिंदो वाद र विवादले पर्ने नैतिकसंकट र संस्थामा पर्ने आर्थिक भार अनि सामाजिक सदभावलाई निकै दुरी बढाउने छ जसको कारणले NRNA USA प्रति नेपालीको आशा हराएर जानेछ ! निर्वाचनको मुखमा आएर यो वा त्यो परिस्थितिले SGM (Special General Meeting) को सिर्जना हुनु अत्यन्त दुःख लाग़दो परिस्थिति हो । अत: जुडिसियल कमिटीले आफ्नो निर्णयलाई विधानको परिधिभित्र रही सस्थाको हितमा यथासिग्र पुनर्विचार गरी सम्पूर्ण सदस्यको अधिकार सुरक्षित गर्नको लागि हामी हार्दिक अनुरोध गर्दछौ । अन्यथा सङ्गठन बिखन्डनको संधारमा जानेछ । NRNA NCC of USA निर्वाचनको ६० दिने संवैधानिक परिधि भित्र रहेको समयमा यस्तो संवेदनशील मोडमा आवधिक निर्वाचन भएन भने क़ानूनी तथा नैतिक रूपमा हामी चुकिरहेका हुनेछौ जसको असरले सङ्गठनमा क्षय हुनेछ । यस संवेदनशील समयमा केन्द्रीय Verification Committee र State Verification ले प्रामाणिकरण प्रक्रियालाई यथासिघ्र अगाडी सुचारु रूपमा अगाडी बढाउनको लागि हामी बिनम्र अनुरोध गर्दछौ ! एकपटकको क्षयले सङ्गठन बिखन्डनको खाडलमा पुगेको उदाहरण प्रशस्त छन् ।

संस्थाकै हित सोचेर गरिएका हाम्रा बोर्ड मिटिङका कतिपय मुद्दाहरूमा हाम्रा सहमति ,असहमति रहयो । प्रजातान्त्रिक पद्धति र प्रक्रिया सबैले मान्नु पर्छ । विषयको गम्भीरतालाई सबैले संवेदनशील भएर सोच्न नसक्नाको कारणले हामी दिनानु दिन सङ्कट मा परेका छौँ । यो ढङ्गले सङ्गठन अगाडि बढ्न सक्दैन । विश्वमै सशक्त र सदस्यताको हिसाबले पनि पहिलो नम्बरमा पुग्न सफल भएको NRN USA हामीलाई गर्व छ यदि यो संस्था प्रति समाजको भरोसा र विश्वास हुन्थेन भने यस्तो उत्साहा र उमंग कहॉबाट आउथ्यो ?? त्यसैले समाजमा एनआरएन प्रति जुन एउटा उत्साह छ त्यो उत्साहलाई बचाउन सकेनौ भने हामी कहिल्यै उठ्न सक्ने छैनौ । चुनाव हो , चुनावमा हारजित सबैको हुन्छ चुनावी प्रक्रियालाई अगाडी बढाउनु हाम्रो अनि सस्थाको सर्बोपरि हित हुनेछ !! प्रक्रिया र पद्धतिको सुधार गर्नु हाम्रो जिम्मेवारी हो ! बजारमा जुन समाचार प्रसित भइरहेका छन् त्यो भाईरल लाई समयमै चुनाव सम्पन्न गरेर १७ ,००० भन्दा बढ़ी सदस्यहरूको सम्मान गरौँ । उत्साहित समाजलाई समयमै आफ्नो विवेक प्रयोग गर्नबाट बन्चित नगरौ । सम्मानित निर्वाचन समितिलाई सबैले सहयोग गरी आवधिक निर्वाचन हुनमा सबैले सहयोग गरौँ ।

भवदीय
कृष्ण पोख्रेल(वरिष्ठ उपाध्यक्ष)
वेद राज बस्नेत (कोषाध्यक्ष)
संगीता सिवाकोटी(सह-सचिव)
प्रकाश सापकोटा( सह- कोषाध्यक्ष )
राम खरेल (प्रवक्ता )
राधा पौडेल महिला संयोजक
वर्षा मोक्तान, युवा संयोजक
मोहन ज्ञबाली (बोर्ड सदस्य)
सुशील रेग्मी (बोर्ड सदस्य)
हरिश हमाल (बोर्ड सदस्य)
सतेन्द्र शाह (बोर्ड सदस्य)
शिव पौडेल (बोर्ड सदस्य)
गोविन्द श्रेष्ठ (बोर्ड सदस्य)

प्रतिक्रिया