अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४ | Colorodo: 18:29

पर्वत समाज बेल्जियमको आगामी अधिवेशन ३० अप्रिलमा हुने

बिआरटीनेपाल २०७३ चैत १६ गते १०:२८ मा प्रकाशित

बेल्जियम । नेपालको पर्वत जिल्ला घर भई हाल बेल्जियममा बसोबास गर्दै आएका बेल्जियम वासी नेपालीहरुले जिल्लामा स्वास्थ्य तथा शिक्षा एवं परोपकारी कार्यमा सहयोग गर्ने उद्धेश्य अनुरूप स्थापना भएको पर्वत समाज बेल्जियमको आगामी अधिवेशन ३० अप्रिल का दिन आन्त्रोपेन सहरमा अवस्थित नेशनल होटलको सभा हलमा हुने भएको छ ।

सन् २००९ मा केदार जोशीको अध्यक्षतामा स्थापित यस समाजले आफ्नो स्थापना कालदेखि जिल्लामा रहेका विपन्न वर्ग लाई लक्षित गरी विभिन्न कार्य लगायत जिल्लामा जिर्ण अवस्थामा रहेका विभिन्न विद्यालय भवन निर्माण, शिक्षा तथा स्वास्थ्य सेवा बाट बन्चित गरिब, असाहय- अशक्त महिला तथा बालबालिका हरुलाई सहयोग स्वरूप विभिन्न आर्थिक तथा भौतिक सहयोगका कार्यक्रमहरू गर्दै आएको छ । बेल्जियम को विभिन्न सहरमा अस्थाई वा स्थाई रूपमा बसोबास गर्दै आएका पर्वत वासी नेपाली हरू आफ्नो ब्यस्ताथाको बावजुत पनि जन्म स्थान प्रतिको दायित्व बोध गर्दै विभिन्न च्यारीटी कार्यक्रम हरू मार्फत व्यक्ति तथा समुहगत रूपमा सहयोग सङ्कलन कार्य गर्दै आइरहेको छ ।

समतामूलक पर्वत समाज निर्माणको लागी सामूहिक रूपमा लागी परेका पर्वतेहरुको आगामी एक मई का दिन आन्त्रोपेन सहरमा पर्बतेहरूको यूरोप भेलाको समेत आयोजना गरिएको बताएका छन् । साथै उक्त भेला लाई भव्य रूपमा सम्पन्न गर्न झलक के सी लाई व्यवस्थापन एवम् कृष्ण तिवारी र अमृत पौडेललाई विधान मस्यौदा समितिको जिम्मा दिइएको जानकारी गराईएको छ ।

समृद्ध पर्वत निर्माण मा हाम्रो अभियान भन्ने मूल उद्धेश्य रही स्थापना भएको समाज ले पर्वतमा सामुदायिक भवन निर्माण कार्य अभियानमा समेत ग्लोबल रूपमा आब्हान गरिएको बताएका छन् । उक्त अभियान लाई अगाडी बढाउन अर्जुन कुमार श्रेष्ठ, सुवास जोशी, मेघ गुरूड॰, कृष्ण तिवारी समेतको एक कार्य दल समेत गठन गरेको र यस महान् कार्य लाई क्रमशः ग्लोब्लाईज रूपमा विस्तार गर्दै लैजाने अध्यक्ष केदार जोशीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू