अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४३ | Colorodo: 06:58

सान फ्रान्सिस्कोमा नेपाली भाषा कक्षा सञ्चालन

बिआरटीनेपाल २०७३ चैत १५ गते २२:४८ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका बिद्यार्थीहरुका लागि नेपाली भाषा पाठशाला सञ्चालनमा ल्याईएको छ l विशेष गरी अमेरिका जन्मेका दोस्रो पुस्तालाई लक्षित गर्दै पढाई सुरुवात गर्न थालिएको छ l उक्त क्षेत्रमा सामाजिक सेवामा राम्रो काम गर्दै आएको क्रिएटिव नेपाल युथ अर्गनाइजेसनको पहलमा गत मार्च २६ देखि सञ्चालनमा ल्याएको हो l

उक्त विद्यालयमा हरेक महिनाको दोस्रो तथा चौथो आइतबार दिन को १-३ बजे सम्म पठन पठन गराईन्छ । पढ्नको लागि एल सिरितो, अल्बनी, रिचमण्ड ओकलेण्ड, पिनोलमा बस्ने विद्यार्थीको सहज भएको छ । उक्त पहिलो दिन ३० माइल टाढा रहेको डेली सिटीबाट प्रिना कार्की अति उत्सुकता साथ स्कुलमा उपस्थित रहेकी थिइन् । 

पहिलो दिनको कक्षामा ४५ बिधार्थी रहेका थिए भने करिब ३ वर्ष देखि १३ वर्ष सम्मका बालबालिकाको उपस्थिति रहेको थियो । उक्त विद्यालयमा संस्थाको तर्फबाट सभापति सुवास थापाले बिधार्थीलाई स्वागत गर्नुको साथै धन्यवाद दिएका थिए ।

नेपाली भाषाको विद्यालयका शिक्षिका शोभा राईले कक्षाको सुरुवात गरेकी थिइन् । पहिलो दिन विद्यालयमा विद्यार्थी परिचय कार्यक्रम, अभिभावक भेटघाट, क- ख -ग अक्षरको ज्ञान, कथा, बालबालिकाको आफ्नो प्रतिभा प्रस्तुति समेत गरेको जानकारी सस्थाका महासचिव पुण्य कार्कीले गराए । कार्यक्रमको अन्त्यमा संस्थाका सल्लाहकार ईश्वर सिटौलाले खाजा वितरण गरेका थिए । विद्यालय पुन अप्रिल ९ मा सञ्चालन हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू