अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

अमेरिकन टोलीबाट नेपाली मूलका प्रतिभाशाली भकुण्डो खेलाडी विशेष अधिकारी बार्सिलोना जादै

बिआरटीनेपाल २०७३ चैत १५ गते २२:२४ मा प्रकाशित

अमेरिकाको नेब्रास्का राज्यको ओमाहामा बस्दै आएका नेपाली मूलका १४ वर्षीय प्रतिभाशाली किशोर विशेष अधिकारी अमेरिकन (सकर) भकुण्डो टोलीको तर्फबाट स्पेनको बार्सिलोनामा भकुण्डो प्रतियोगिता खेल्न जाने भएका छन् l

अमेरिकाको टेक्सस राज्यको सन एन्टोनियो ग्रीष्म शिविरमा खेलाडीहरुको छनौटमा उनी अमेरिकन भकुण्डो टोलीमा पर्न सफल भएका हुन् l उनलाई एफसी बार्सिलोनाका प्रशिक्षकले छनौट गरेका हुन l अमेरिकन भकुण्डो टोलीको प्रतिनिधित्व गर्दै एक्स्कुसिव २०१७ एफसीबि एस्कोला इस्टर प्रतियोगितामा भाग लिने छन् l 

पुर्खौली घर चितवन रामपुर भई आमा बुवा साथमा नेब्रास्का बस्दै आएका अधिकारी सानै देखि भकुण्डो खेल्दै आएका हुन् l उनी नेब्रास्काको लिङ्कनको म्यागेलन सकर क्लबमासँग आबद्ध रहेका छन् l सन् २००३ मा जन्मेका अधिकारी अहिले नेब्रास्का राज्यको नेब्रास्का ओलम्पिक विकास टोली अन्तरगत छनौटमा परेका हुन् l

उनले हप्तामा ५ दिन भकुण्डोको प्रशिक्षणको साथै चुस्त र फुर्तिलो हुन् ३ दिन तालिम लिई रहेका छन् भने उनले १२ वर्ष मुनि उमेर समूहको प्रतियोगितामा स्थानीय स्तर तथा राज्यबाट सञ्चालित थुप्रै खेलमा सहभागी जनाएका छन् l

उनी भकुण्डो खेलका उदियमान तथा होनहार खेलाडी हुनुको साथै पढाइमा पनि त्यतिकै उत्कृष्ट विद्यार्थी हुन् l मार्च २९ तारिख अमेरिकाबाट उनी र अमेरिकन सकर टिम (भकुण्डो टोली )बार्सिलोना उड्ने छन् l अमेरिकामा जन्मिएका अधिकारी नेपाली बुझ्ने तर बोल्न अलिक बिस्तारो र गाह्रोसँग बोल्दछन । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू